एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

२३ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बाेधन गर्दै प्रचण्डले देशभित्रबाट पनि र देश बाहिरबाट पनि गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताएका हुन् । तर आफूले गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्न चाहेको उनले बताए ।

उनले भने, ‘यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देश बाहिरबाट पनि । एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् ।’

उनले थपे, ‘हामी चाहिं यथास्थितिमा हुन सक्दैन भनिराख्या छौं । हामी सकेसम्म गठबन्धनलाई बचाएर, यसको पनि समाधान सकारात्मक ढंगले होस्, देशलाई क्षति नहुने ढंगले चाहेका छौं ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.