२३ भदाै, काठमाडौं ।
नायिका ऋचा शर्मा आमा बनेकी छन् । गत वर्ष दिपेक्षविक्रम राणासँगै विवाह बन्धनमा बाँधिएकी ऋचाले पहिला सन्तानका रुपमा छोरालाई जन्म दिएकी हुन् । उनले आज राति अस्पतालमा छोरालाई जन्म दिएको जनाइएकाे छ ।
ऋचाको श्रीमानले छोरा काखमा लिएको फोटो सामाजिक सञ्जालमा बाहिरिएको छ । ऋचा संलग्न टिभी रियालिटी शो कमेडी च्याम्पियनले उनी आमा बनेको पुष्टिसहित सामाजिक सञ्जालमा बधाइ दिएको छ ।
ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन् ।