सानीभेरी कर्णाली प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका

३१ असार ७५, आइतबार
Share this
718shares

रुकुम, असार ३१

Advertisement

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । शनिबार औपचारिक कार्यक्रमबीच जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले सानीभेरीलाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरेका हुन्।

उनले कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको भन्दै बधाई दिँदै यो कार्य अत्यन्तै सराहनीय पक्ष भएकाले यसलाई दिगो बनाई राख्नुपर्ने बताए । खोपकै अभावमा वर्षेनी हजारौँ बालबालिकाको मृत्यु हुने गरेको अवस्थामा पूर्ण खोप सुनिश्चित हुनु आफैँमा राम्रो कामको सन्देश भएको प्रमुख शर्माले बताए ।

Advertisement

गाउँपालिकामा रहेका दुई वर्षमुनिका बालबालिका सबैले नियमितरुपमा कुनै पनि खोप नछुटाएको पाएपछि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो । नेपाललाई पूर्ण खोप सुनिश्चित देश बनाउने राष्ट्रिय लक्ष्यअनुसार सानीभेरी गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य संयोजक लोकेन्द्र डाँगीले बताए । यहाँका ९५ प्रतिशत बालबालिकाले सबै खोप पूरा भएको बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंसेविकालगायत व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top