नेपालमा फोरजी प्रयोगकर्ता करिब एक करोड, सबैभन्दा धेरै एनसेलका

२९ भदौ, काठमाडौं ।

Advertisement

नेपालमा फोरजी सेवा सुरु भएको पाँच वर्षको अवधिमा यसका प्रयोगकर्ता करिब एक करोड पुगेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा फोरजी चलाउनेको संख्या ९९ लाख ५४ हजार नाघेको छ।

Advertisement

नेपालमा अहिले नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले फोरजी सेवा उपलब्ध गराइरहेका छन्। प्राधिकरणको तथ्यांकअनुसार टेलिकमका फोरजी प्रयोगकर्ता ४७ लाख ४४ हजार नाघेका छन्।

एनसेलको फोरजी प्रयोगकर्ता ५० लाख ४२ हजार रहेका छन्। अर्को सेवा प्रदायक स्मार्ट टेलिकमका भने एक लाख ६६ हजार मात्र फोरजी प्रयोगकर्ता छन्।

Advertisement

प्राधिकरणका अनुसार मोबाइलबाट इन्टरनेट प्रयोग गर्नेको कुल संख्या दुई करोड २८ लाख नाघेको छ। फोरजीबाहेक थ्रीजी प्रयोग गर्नेको संख्या करिब एक करोड २९ लाख रहेको प्राधिकरणको तथ्यांक छ।

थ्रीजी प्रयोगकर्ता भने नेपाल टेलिकमका धेरै छन्। टेलिकमको थ्रीजी एक करोड चार लाखले प्रयोग गर्छन् भने एनसेलका थ्रीजी प्रयोगकर्ता भने २४ लाख ६२ हजारमात्र रहेको प्रधिकरणको तथ्यांक छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top