ललितपुर महानगरमा असोज एक गतेदेखि विद्यालय खुल्ने

ललितपुर महानगरमा असोज एक गतेदेखि विद्यालय खुल्ने

३० भदौ, काठमाडौं ।

ललितपुर महानगरपालिकामा पर्सिदेखि विद्यालय खुल्ने भएका छन् ।

महानगरपालिकाले असोज एक गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको हो । भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेको शिक्षा महाशाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

विद्यालय सञ्चालन गर्नुपूर्व पूर्वतयारी गरी कार्यढाँचा तथा स्वास्थ्यका मापदण्डबारे अभिभावक, शिक्षक, विद्यार्थी तथा सरोकारवाला निकायसँग अभिमुखीकरण गरी यसबारेमा महानगरमा जानकारी गराउन पनि महाशाखाले आग्रह गरेको छ ।

महानगरले सामुदायिक विद्यालयमा आवश्यकता र मागका आधारमा स्वास्थ्य सामग्री प्रदान गर्नेछ ।

अहिले काठमाण्डौ उपत्यकामा आंशिक रुपमा विद्यालय खुलेका छन् । असोज एक गतेदेखि भने सबै विद्यालय खुल्ने तयारीमा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.