विराटनगर,असार ३१
मोरङको कटहरीमा मत्स्य मेला–२०७५ आयोजना गरिएको छ । कटहरी–१ स्थित महेशपुरमा आयोजना गरिएको मेलाको सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदघाटन गरे।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन संचालक समितिले आयोजना गरेको मेलामा माछा सहित अन्य कृषि उत्पादका स्टल राखिएका छन । मेलामा माछाका विभिन्न प्रजाति प्रदर्शन गरिनुका भुरा माछाको विक्रि वितरण स्टल समेत राखिएको मेला संयोजक एवम जोन सदस्य देवराज चौधरीले जानकारी दिए।
सरकारले मोरङको कटहरी र धनपालथान गांउपालिका सहित रंगेली नगरपालिकालाई माछा जोन निर्धारण गरेर किसानकालागि विभिन्न राहत प्याकेजहरु संचालन गर्दै आएको जनाइएको छ । मेलामा मोरङ प्रदेश सभाका सदस्यहरु विद्यानन्द चौधरी,चुमनारायण तवदार,कल्पना सरदार र जोन संयोजक योगेन्द्र मण्डलको सहभागिता थियो ।