भुरा माछाको विक्रीका लागि मत्स्य मेला

Share this
729shares

विराटनगर,असार ३१
मोरङको कटहरीमा मत्स्य मेला–२०७५ आयोजना गरिएको छ । कटहरी–१ स्थित महेशपुरमा आयोजना गरिएको मेलाको सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदघाटन गरे।

Advertisement

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन संचालक समितिले आयोजना गरेको मेलामा माछा सहित अन्य कृषि उत्पादका स्टल राखिएका छन । मेलामा माछाका विभिन्न प्रजाति प्रदर्शन गरिनुका भुरा माछाको विक्रि वितरण स्टल समेत राखिएको मेला संयोजक एवम जोन सदस्य देवराज चौधरीले जानकारी दिए।

Advertisement

सरकारले मोरङको कटहरी र धनपालथान गांउपालिका सहित रंगेली नगरपालिकालाई माछा जोन निर्धारण गरेर किसानकालागि विभिन्न राहत प्याकेजहरु संचालन गर्दै आएको जनाइएको छ । मेलामा मोरङ प्रदेश सभाका सदस्यहरु विद्यानन्द चौधरी,चुमनारायण तवदार,कल्पना सरदार र जोन संयोजक योगेन्द्र मण्डलको सहभागिता थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top