दशैँका लागि अग्रिम टिकट बुकिङको अत्तोपत्तो छैन

३ असोज, काठमाडौं ।

दशैँका लागि बसको अग्रिम टिकट खुला गर्न यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच सहमति हुन सकेको छैन ।

विभागले असोज पहिलो सातादेखि नै खुला गर्न आग्रह गरे पनि व्यवसायीहरूले अटेर गरिरहेका छन् । विभागले छलफल अघि बढाए पनि खुला गर्ने मिति तय हुन सकेको छैन ।

विभागका महानिर्देशक नमराज घिमिरेले व्यवसायीसँग छलफल भइरहेको जानकारी दिए । अग्रिम टिकट खुला गर्ने विषयमा विवाद नरहेको तर तयारीका कारण कहिलेदेखि खुलाउने भन्नेमा व्यवसायीहरूको निर्णय आई नसकेको उनको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले महासङ्घको असोज ६ र ७ गतेको बैठकपछि जानकारी दिइने जनाएको छ ।

सङ्घका महासचिव सरोज सिटौलाले भने, “बन्दाबन्दीमा थन्किएका गाडीहरू मर्मत गर्नुपर्ने छ । गाडी व्यवस्थापनको तयारी बाँकी छ । वर्षाले कुनै पनि राजमार्गमा यातायात सञ्चालन सहज छैन । मुग्लिन–काठमाडौँ सडकको अवस्था बिजोग छ । भनेको समयमा गाडी आउन सक्ने अवस्था छैन । छ घण्टाको दूरीमा १८ घण्टा लाग्ने गरेको छ । यी सबै कुराको व्यवस्थापन नगरी खुला गर्दा समस्या हुन्छ । ”

कोरोना महामारीका कारण सार्वजनिक यातायातमा सवारी चाप भइसकेको छैन तर अधिकांशले कोरोनाविरुद्धको खोप लगाएको हुँदा यस पटक सार्वजनिक यातायातमा यात्रुको चाप बढ्न सक्ने महासङ्घको अनुमान छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरको वर्षात्मा भत्किएका राजमार्ग छिटो मर्मत नगरे यात्रुलाई सास्ती हुने बताउँदै भने “अहिले पनि यात्रु १०÷१२ घण्टासम्म जाममा परेका छन् ।

जाममा पर्नुभन्दा दुई चार पैसा बढी तिरेरै जाउ भनेर हवाईजहाजमा जानेको सङ्ख्या बढेको छ । हवाईजहाज र बस भाडामा खासै अन्तर छैन समयका हिसाबले हवाईजहाज सस्तो छ, यस्तो अवस्थामा हामीलाई खुला गर भनेर मात्र हँुदैन । ”

भत्किएका बाटो निर्माण र राजमार्गमा ट्राफिक व्यवस्थापन प्रभाकारी बनाउनुपर्ने व्यवसायीको माग छ । सरकारले भत्किएका राजमार्ग निर्माणका लागि स्थानीय सरकारलाई जिम्मा दिएको छ । दशैँ अगावै राजमार्गका खाल्टाखुल्टी पुरिसक्ने गरी काम सुरु भएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक घिमिरेले अग्रिम टिकट खुलासँगै यात्रुको चाप बढ्ने भएकाले कोरोनाको स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ अनिवार्य गरिने बताए ।

यसैबीच सरकारले गत असार २९ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो । अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले वृद्धि भएको छ तर प्रदेश र जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि भएको छैन ।

प्रदेशको भाडा दर प्रदेश सरकारले समायोजन गर्ने भएकाले केन्द्रले अन्तर प्रदेशको मात्र समायोजन गरेको हो । प्रदेश १ ले भाडा समायोजन गरिसकेको छ । अन्य छवटा प्रदेशले भाडा समायोजन नगरेको महासङ्घले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top