वृक्षरोपण अभियान देशभर एक करोड वृक्षरोपण गरिने

२ असोज ७८, आइतबार

३ असोज, काठमाडौं ।

Advertisement

सरकारले राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियानअन्तर्गत यस वर्ष देशभर गरी एक करोड वृक्षरोपण गर्ने अभियान सञ्चालन गरेको छ ।

सरकारले निजामती कर्मचारीका साथै नेपाली सेना, प्रहरी, सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलगायत सबै राष्ट्रसेवक कर्मचारीलाई सामाजिक कार्यमा क्रियाशील गराउन र वातावरणलाई हरियाली प्रवर्धन गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा एक करोड वृक्षरोपण गर्न लागेको हो ।

Advertisement

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गत भदौ १६ गते प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडाँै महानगरपालिका–१३ स्थित ताहचलको विष्णुमती करिडोर क्षेत्रमा वृक्षरोपण गरेर राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियानको शुभारम्भ गरेका थिए । त्यस्तै भदौ २३ गते मुख्यसचिव शङ्करदास वैरागीले गोकर्णस्थित निजामती पार्कमा वृक्षरोपण गरेका थिए ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियानअन्तर्गत अहिले पनि देशका विभिन्न स्थानमा वृक्षरोपण कार्य भइरहेको जानकारी दिए ।

Advertisement

“निजामती सेवा दिवसको सन्दर्भमा सुरु भएको राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान निजामती सेवा दिवसको सेरोफेरोमा मात्र नभई वर्षभरि नै सञ्चालन हुनेछ,” उनले भने, “अहिले पनि देशभरमा विभिन्न जातका पाँच लाखभन्दा बढी सङ्ख्यामा वृक्षरोपण भइसकेको छ । ”

निजामती सेवा दिवसकै सेरोफेरोमा वन मन्त्रालयको समन्वयमा जनकपुरमा दुई हजार बिरुवा रोपिएका छन् । सरकारले निजामती सेवा दिवसको सन्दर्भमा सुरु गरेको वृक्षरोपण कार्य संविधान दिवस, प्रजातन्त्र दिवस, शिक्षा दिवसलगायतका विभिन्न महìव पूर्ण दिनमा सबै राष्ट्रसेवकले अभियानकै रूपमा सञ्चालन गर्नेछन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव तुलसीप्रसाद दाहालले कर्मचारीलाई सामाजिक कार्यप्रति लाग्न उत्साहित गर्दै थप सिर्जनशील बनाउने गरी राष्ट्रसेवक कर्मचारी वृक्षरोपण कार्यक्रम सुरुवात गरिएको बताए ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत ४८ वटा डिभिजन वन कार्यालय, १४ वटा भू–संरक्षण कार्यालय, पाँचवटा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, विभिन्न स्थानमा भएका नर्सरीलगायत स्थानयबाट र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सबै मन्त्रालय, सातवटै प्रदेश कार्यालय, ७५३ स्थानीय तहबाट वृक्षरोपण गरिएको तथ्याङ्क लिइनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top