छोराको कुटाईबाट बाबुको मृत्यु

छोराको कुटाईबाट बाबुको मृत्यु

विराटनगर, साउन २

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ९ सानो खाम्दिङमा छोराको कुटाईबाट ४५ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको छ।

सोमबार १८ बर्षका छोरा तेन्जी शेर्पाको कुटाईबाट घाईते भएका उनको मंगलबार दिउँसो आफ्नै घरमा मृत्यु भएको प्रहरी चौकी केरुङले जनाएको छ।

फरार रहेका तेन्जी शेर्पालाई प्रहरीले मंगलबार साँझ दुधकुण्ड नगरपालिका १० स्थित सोल्मासा जंगलबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा बुझाएको जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.