भरुवा बन्दुक बरामद

भरुवा बन्दुक बरामद

विराटनगर, साउन २

मोरङको कानेपोखरी नगरपालिका ५ जहदा स्थित श्री जनजागृती सामुदायिक वनमा फेला परेको एक थान भरुवा बन्दुक बरामद गरिएको छ ।

मंगलबार दिउँसो वनका कर्मचारीहरुले नयाँ विरुवा रोप्न जंगल फाँड्ने क्रममा आधा लोड भएको एक थान भरुवा बन्दुक फेला परेको थियो । उक्त बन्दुक देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थललमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले सो बन्दुक नियन्त्रणमा लिई कार्यालयमा ल्याई राखिएको र घटना बारे अनुसन्धान भईरहेको जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.