विराटनगर, साउन २
मोरङको कानेपोखरी नगरपालिका ५ जहदा स्थित श्री जनजागृती सामुदायिक वनमा फेला परेको एक थान भरुवा बन्दुक बरामद गरिएको छ ।
मंगलबार दिउँसो वनका कर्मचारीहरुले नयाँ विरुवा रोप्न जंगल फाँड्ने क्रममा आधा लोड भएको एक थान भरुवा बन्दुक फेला परेको थियो । उक्त बन्दुक देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थललमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले सो बन्दुक नियन्त्रणमा लिई कार्यालयमा ल्याई राखिएको र घटना बारे अनुसन्धान भईरहेको जनाईएको छ ।