गुफाबाट उद्धार गरिएका थाइल्याण्डका बालक बुधबार घर फर्किदै

बैंकक, साउन २

गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका १२ जना बालक र उनीहरुका प्रशिक्षक बुधबार नै घर फर्किने भएका छन् ।

करिब हप्तादिन अघि तीन दिन लगाएर उद्धार गरी अस्पतालमा राखिएका उनीहरुलाई बिहीबार घर फर्काइने भनिएको थियो ।

Advertisement

ती बालकको स्वास्थ्य परीक्षणका लागि अस्पताल राखिएको थियो । उनीहरुको स्वास्थ्य राम्रो भएकोले बुधबारै घर फर्किन दिइएको समाचारमा जनाइएको छ ।

यसअघि उनीहरुलाई सञ्चारमाध्यमसँग कुराकानी गर्न पनि नदिने भनिएकोमा आज पहिलो पटक सञ्चारमाध्यमलाई अन्तरवार्ता लिन पनि दिइएको छ ।

Advertisement

यसअघि उनीहरुलाई बिहीबार मात्र अस्पतालबाट बिदा गरेर घर फर्काइने भनिएकोमा उनीहरुको स्वास्थ्य राम्रो भएकोले बुधबारै घर जान दिइएको अस्पतालले जनाएको छ ।

करिब दुई हप्तासम्म गुफामै थुनिएर रहेका उनीहरुलाई तर्सिने, एकान्त बस्न चाहने तथा बेला बेलामा झस्किने समस्या देखिएको थियो ।

स्वास्थ्य उपचार सम्पूर्ण रुपबाट पूरा भएपछि उनीहरुलाई अस्पतालबाट बुधबार अस्पतालमै एक भव्य विदाई समारोहको आयोजना गरिने अस्पताल प्रशासनले जनाएको छ ।

उद्धार गरिएका बालक र उनीहरुका अविभावकलाई आफन्त र साथीहरुसँग समय विताउन, तर सञ्चारमाध्यमलाई भने एक पटक मात्र अन्तवार्ता नदिन सुझाव दिइएको छ ।

तर उनीहरुको अवस्था राम्रो भएको र सञ्चारमाध्यमलाई आफूहरु लामो समयदेखि गुफामा बस्दाका कथा सुनाउन उत्तेजित रहेकाले चिकित्सकहरुले सञ्चारमाध्यमसँग कुराकानी गर्न स्वीकृति दिएको बताइएको छ ।

गुफामा फसेका १२ जना बालक र उनीहरुका एक जना फुटबल प्रशिक्षकलाई करिब एक हप्ताअघि गुफाबाट उद्धार गरेर अस्पताल लगिएको थियो । उनीहरु गत जुन २३ मा गुफामा फसेका थिए ।

उद्धार गरिएका सवैलाई मनोवैज्ञानिक परामर्शसमेत गरिएको छ भने सम्पूर्ण स्वास्थ्य परीक्षण सकिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा उनीहरु झण्डै दुई हप्ताभन्दा बढी समय थुनिएका थिए । घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ मा गुफामा फसेपछि उनीहरुको अवस्था नवौँ दिनमा मात्रै पत्ता लागेको थिए ।

उनीहरुलाई गुफाबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको थियो ।

रासस/एएफपी

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top