×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने

२ श्रावण २०७५

काठमाडौँ, साउन २

सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार हननसम्बन्धी घटनाका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने भएका छन् । विसं २०५९ असारदेखि २०६२ फागुनसम्म मानव अधिकार हननसम्बन्धी घटनामा सात मृतक, सात यातना पीडित, तीन बेपत्ता, चार घाइते अशक्त, तीन गैरकानूनी थुनामा, आठ घाइते गरी ३३ पीडितका परिवारलाई रु ७५ लाख १४ हजार ९०० क्षतिपूर्ति दिने निर्णय सरकारबाट भएपछि पीडित परिवारले क्षतिपूर्ति पाउने भएका हुन् ।

Advertisement
Advertisement

मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले यस्तो निर्णय गरेको हो । पीडितले सो क्षतिपूर्ति रकम जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पाउनेछन् ।

मानव अधिकार हननसम्बन्धी घटनामा क्षतिपूर्ति पाउनेहरुमा मृतक रसुवा लहरेपौवा–२ का अर्जुन लामिछाने, समरथली–७ रसुवाका लीलामाया तामाङ र समरथलीकै–७ का वीरबहादुर तामाङ, ललितपुर माल्टा–२ का शुकबहादुर थिङ र भीमबहादुर बोम्जन, नुवाकोट शिखरबेंसी–६ का चतुरनारायण योगी र कैलाली दरम–२ मा खुशीराम चौधरीका परिवारले रु तीन लाखका दरले क्षतिपूर्ति पाउने छन् ।

कैलाली रतनपुर–५ घटनामा घाइते भएकामध्ये रमदैया चौधरीलाई रु तीन लाख, माधुरी चौधरीलाई रु तीन लाख, अलिसा चौधरीलाई रु दुई लाख ५० हजार, रुपादेवी चौधरीलाई रु दुई लाख ५० हजार र अमिसा चौधरीलाई रु तीन लाख र प्रदेश चौधरीलाई रु दुई लाख ५० हजार क्षतिपूर्ति सरकारले दिनेछ ।

गैरकानूनीमा थुनामा परेका व्यक्ति काठमाडौँ नाङ्लेभारेका घनश्याम बस्ताकोटीलाई रु १० हजार ५००, कैलाली फूलबारी–६ का तीर्थराज पौडेललाई रु १० हजार र जुम्ला महतगाउँका क्षेत्रबहादुर महतलाई रु एक लाख ४४ हजार क्षतिपूर्ति दिइनेछ ।

बेपत्ता पारिएका व्यक्तिहरु कञ्चनपुर श्रीपुर–२ का छोटेलाल चौधरी, नाथुराम चौधरी र जंगबहादुर चौधरीका परिवारले रु तीन लाखका दरले क्षतिपूर्ति पाउने छन् । त्यसैगरी, बेपत्ता पारिएका व्यक्ति कैलाली रतनपुर–५ का धरमपाल चौधरीको परिवारलाई रु तीन लाख क्षतिपूर्ति उपलब्ध गराइने छ ।

घाइते बझाङ चैनपुर–८ का राजन रजकलाई रु तीन लाख र लोकेश हमाललाई रु दुई लाख ५० हजार क्षतिपूर्ति दिइने छ । घाइते तथा अशक्त कैलाली मालाखेती–३ का तेजबहादुर साउदलाई रु दुई लाख, कैलाली भजनी–३ का भुवनराज न्यौपानेलाई रु तीन लाख र कञ्चनपुर देखतभुली–८ का भीमबहादुर विष्टलाई रु तीन लाख दिइने छ ।

यातनापीडित नुवाकोटका लक्ष्मण न्यौपानेलाई रु ७५ हजार दिइने छ भने अरुणोदय–९ तनहँुका झकबहादुर कुमाल र नेत्रबहादुर कुमाललाई जनही रु एक लाख दिइने छ । अन्य यातानापीडितमध्ये नेउलापुर–५ बर्दियाका विष्णुवन सन्न्यासीलाई रु एक लाख, हसुलिया–१ कैलालीका भीमबहादुर कोलीलाई रु एक लाख ७५ हजार दिइने छ । नुवाकोट कुमरी–२ का यातना पीडित दामोदरप्रसाद गौतमलाई क्षतिपूर्तिबापत रु एक लाख दिइने छ ।

मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले पीडित परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णयलाई आयोगले सकारात्मक रुपमा लिएको बताए। उनले भने, “पीडितलाई क्षतिपूर्ति दिने सरकारको निर्णय स्वागतयोग्य छ । दोषीलाई कारबाही गर्ने कामलाई पनि सरकारले गम्भीर रुपमा लिए प्रभावकारी हुन्छ ।”
रासस

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top