विधेयकमा सहमति भएन, संसद् बैठक एक हप्ता पछि स¥यो

काठमाडौँ, साउन ३

चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछि सरेको छ ।

सत्तारुढ दल नेकपाले विधेयक माथेमा प्रतिवेदनको भावनाअनुसार नै संसद्मा प्रस्तुत भएको दावा गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विधेयक आफ्नो सरकारको पालामा जारी भएको अध्यादेशको भावनाअनुरुप नभएको भन्दै संसद्मा पेश गर्नसमेत दिएको छैन । तर, सदनको आजको बैठकको दैनिक कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यक्रम थिएन । दैनिक कार्यसूचीमा सो विधेयक प्रस्तुत गर्ने कार्यक्रम नहुँदा पनि संसद्को बैठक बस्न सकेन ।

Advertisement

आजको दैनिक कार्यसूचीमा अर्थमन्त्री डा युवराज खतिवडाले बीमा विधेयक, २०७५ प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । शिक्षा तथा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक फिर्ता नहुने तर सहमतिका लागि प्रयास जारी रहने बताएका छन्। सदन बस्न नसकेपछि सूचना टाँस गरी एक हप्ताका लागि पछि सारिएको हो ।

सदनको अर्काे बैठक यही साउन ११ गते दिनको १ बजे बस्नेछ ।

Advertisement

डा केसीका मुद्दालाई राजनीतिक विषय बनाउन हुन्न ः नेपाल 

संसद् भवनबाट बाहिरिने क्रममा नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने – “जुम्लामा आमरण अनशनरत प्रा डा गोविन्द केसीले उठान गरेका माग के कति जायज छन्, के कति जायज छैनन् भन्ने विषयमा अध्ययन हुनुपर्छ, जायज छन् भने सम्बोधन हुनुपर्छ, छैनन् भने यति कारणले छैनन् भन्नुपर्छ ।”

उनले डा केसीका मुद्दालाई नेपाली काँग्रेसले राजनीतिक विषय बनाउन नहुने बताए र शिक्षा र स्वास्थ्यका बेथिति र विकृति अन्त्य हुनुपर्नेमा जोड दिए। नेकपाका सांसद कृष्णभक्त पोखरेलले प्रमुख प्रतिपक्षी दलले सार्वभौम संसद्को अधिकारलाई सम्मान गरेर चिकित्सा शिक्षा विधेयक संसद्मा प्रस्तुत गर्न दिनुपर्ने बताए ।
रासस

 

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top