साहित्यकार डा।नवराज लम्सालको महाकाव्य ‘अग्नि’ सार्वजनिक

१६ असोज ७८, आइतबार

१७ असोज, काठमाडौं ।

साहित्यकार डा नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ ।

राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा रामप्रसाद ज्ञवाली र कवयित्री डा गीता त्रिपाठीले संयुक्तरुपमा महाकाव्यको लोकार्पण गरे ।

Advertisement

देशको राजनीति र इतिहासमा पछि परेका सीमान्तकृत वर्गसमुदायका पीडा र भोगाइका विषयवस्तु समेटिएको महाकाव्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी तरबारको चर्चा गरिएको छ ।

राज्यशक्तिको बलमा सीमान्तकृत समुदायलाई कसरी पीडा पुर्याउन सक्छन् लगायत घटनाका नालीबेली तथा त्यसबेलाको समाज, पात्र र प्रवृत्ति समेटेर तयार गरिएको महाकाव्यमा समाज शुद्धीकरण, कर्मका आधारमा व्यक्तित्व निर्माण र मुक्ति प्राप्त विषयमा ज्ञान दिन खोजिएको छ ।

Advertisement

यस अवसरमा लेखक आहुतिले साहित्यकारका सिर्जनामा दलित पात्र हुँदैमा सीमान्तकृत समुदायका आवाज र हकहितका लागि सम्बोधन भइहाल्छ भन्ने अवस्था नरहेको बताए ।

उनले भने, ’सिर्जनामा दलित पात्र हुँदैमा त्यस वर्ग समुदायको हित गर्छ भन्ने हुन्न, विगतका केही चर्चित पुस्तकमा जात प्रथाको उत्पीडनमा परेकालाई दया प्रदान गर्ने सिवायक ठोस कुरा पाइन्न तर यस महाकाव्यले समाजका विकृति, विसङ्गति र जातीय व्यवस्था परिवर्तन गर्न सहयोग गर्नेछ ।

समालोचक डा रामप्रसाद ज्ञवालीले युग विशेषमा सीमान्तकृत जाति, वर्ग समुदाय कसरी सामाजिक र सांस्कृतिक शोषणमा परे भन्ने विषयवस्तु काव्यका माध्यमबाट समाजमा सुसूचित गराउन साहित्यकार लम्साल सफल भएको धारण राखे ।

कवयित्री त्रिपाठीले सीमान्तकृत समुदायको पीडा र भोगाइलाई गहिराइसम्म पुगेर तयार गरिएको महाकाव्यमा नेपाली समाज, संस्कृति र जातीय विभेदसँग जोडिएका घटना मौलिक र स्वतन्त्ररुपमा राखिएको टिप्पणी गरे ।

साहित्यकार डा लम्सालले जातको आधारमा हुने छुवाछुत र सनातन उत्पीडनको लामो कथालाई महाकाव्यमार्फत उजागर गर्ने कोसिस गरेको बताए ।

पूर्वीय साहित्य अध्ययनमा विशेष दखल राख्नु हुने साहित्यकार लम्सालका यसअघि कर्ण र धरा नाम महाकाव्य प्रकाशित छन् । बुकहिल प्रकाशनले बजारमा ल्याएको गद्यमा लेखिएको महाकाव्य ४२ सर्ग छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top