कांग्रेस अधिवेशन : विराटनगरमहानगरको सभापतिमा चापागाई

कांग्रेस अधिवेशन : विराटनगरमहानगरको सभापतिमा चापागाई

१७ असोज, मोरङ ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन् ।

१४औँ महाधिवेशनका लागि भएको निर्वाचनमा आज घोषित अन्तिम परिणामअनुसार उनले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतअन्तरले पराजित गरेका हुन् ।

उपसभापतिद्वयमा इन्दु सुवेदी खतिवडा र नीरज कोइराला, सचिवद्वयमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवद्वयमा दिवस नेपाल र सचिन पोखरेल निर्वाचित भएका छन् । महानगरका ६८१ मतदातामध्ये ६६४ जनाले मतदान गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.