विराटनगरका मोडल साजिद उत्कृष्ट युवाका रुपमा सम्मानित

विराटनगरका मोडल साजिद उत्कृष्ट युवाका रुपमा सम्मानित

विराटनगर, साउन १०
विराटनगरका मोडल साजिद आलम उत्कृष्ट युवाको रुपमा सम्मानित भएका छन । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्र्तगतको जिल्ला युवा परिषद मोरङले जिल्लाका युवा मध्यबाट उत्कृष्ट युवाका रुपमा आलमलाई सम्मानित गरेको हो ।

विराटनगरमा बिहीबार आयोजित एक कार्यक्रमका बीच जिल्ला युवा परिषद मोरङका अध्यक्ष रविन थापाले प्रमाणपत्रसहित आलमलाई सम्मान गरेका हुन् ।

जिल्ला युवा परिषद मोरङले हरेक वर्ष ३ जनालाई युवा परिषद सम्मानले सम्मानित गर्दे आएको छ । आलम म्यानहन्ट इन्टरनेशनल २०१८ मा सेकेन्ड रनरअप हुदै म्यानमारमा भएको मिस्टर इन्टरनेशनलमा सहभागी भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.