३८ क्विन्टल सुन तस्करी प्रकरण ‘डिसमिस’

१९ असोज ७८, बुधबार

काठमाडौं : सुन नै बरामद हुन नसकेको र तस्करी भएको अन्य पर्याप्त प्रमाण नपुगेको भन्दै बहुचर्चित ३८ क्विन्टल सुन तस्करी मुद्दामा अदालतमा उपस्थित भएका सबै ५६ अभियुक्तले सफाइ पाएका छन् ।

तस्करीसँगै जोडिएको सनम शाक्यको अपहरण तथा हत्या मुद्दामा भने प्रत्यक्ष संलग्न गोरे भनिने चूडामणि उप्रेतीलगायत आठ जना मात्र दोषी ठहर भएका छन् । मुद्दा दायर भएको करिब साढे तीन वर्षपछि जिल्ला अदालत मोरङका न्यायधीशं भरत लम्सालले मंगलबार फैसला सुनाएका हुन् ।

भन्सार ऐन, २०६४ मा तस्करी भएको सामान बरामद भएको अवस्थामा मात्र यस्तो सजाय हुने मकसथ रहेको, तर त्यसअनुसार तस्करीको सामान बरामद हुन नसक्नुलाई सफाइको प्रमुख आधार बनाइएको छ ।

प्रहरी ६ वर्षको अवधिमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीन हजार सात सय ९९.५५ केजी सु तस्करी भएको दाबीसहित भन्सार ऐन २०६४ को ५७ को दफा १ च अनुसार अभियोग दायर गरेको थियो । तर, त्यसमध्ये अलिकति पनि सुन बरामद हुन सकेन हराएको भनएिको साढे ३३ कलिो सुनसमेत बरामद हुन नसक्दा आरोपिलाई फाइदा भएको हो ।

विमानस्थलबाट सुन तस्करी भएको भन्ने बलयिो प्रमाण नहुनुलाई सफाइको अधाधार बनाइएको छ । विमानस्थलमा कार्यरत थाई एयरलाइन्स तथा नेपाल एयरलाइन्सको कमएचारीको प्रहरीसँगको साबिती बायन तथा सुन कारोबारसम्बन्धी हिसाबकिताबको डायरीलाई प्रमुख प्रमाणको रुपमा पेस गरिएको थियो । तर, सर्वोच्च अदालतको एक फैसलाअनुसार निजी डायरीलाई प्रमाण मान्न नसकिने नजिरलाई समेत टेकेर सफाइ दनि निर्णय भएको हो ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top