×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

६ घन्टा फेसबुक अवरुद्ध हुँदा ६ अर्ब पाउन्ड नोक्सानी

२० आश्विन २०७८

काठमाडौं : सोमबार अचानक सामाजिक सञ्जाल फेसबुकका सेवा अवरुद्ध भयो । फेसबुकले ब्लक पोस्टमार्फत आफ्ना डेटा सेन्टरहरूबीचको समन्वय गर्ने राउटरको मुख्य भागको कन्फिगुरेसन परिवर्तन भएकाले सेवा अवरुद्ध भएको जनाएको छ । फेसबुक मात्र नभएर सोमबार इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरसमेत ६ घन्टा चलेनन् । जसका कारण विश्वका तीन अर्ब ५० करोड प्रयोगकर्ताले सामाजिक सञ्जालबाट ६ घन्टा टाढा रहनुपर्‍यो । यसअघि सन् २०१९ मा पनि प्रावधिक कारणले फेसबुक २४ घन्टा अवरुद्ध भएको थियो ।

दोस्रोपटक फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएप अवरुद्ध हुँदा प्रयोगकर्ता तथा प्रावधिकहरूले ह्याक भएको आशंकासमेत गरेका थिए । पछि समस्या समाधान भएपछि फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरवर्गले फेसबुक ह्याक नभएको र प्राविधिक कारणले सेवा अवरुद्ध भएको जानकारी दिए । ‘कुनै व्यक्ति वा समूहबाट फेसबुक ह्याक भएको होइन, हाम्रै आन्तरिक कारणले सेवा रोकिएको हो,’ फेसबुक पुनः सञ्चालनमा आएपछि जुकरवर्गले भने, ‘सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ता जोडिएकाले यो सेवा कति महत्वपूर्ण रहेको छ भन्ने महसुस भएको छ ।’ जुकरवर्गले घटनाका कारण उत्पन्न समस्याप्रति सबैसँग माफी पनि मागेका छन् । ‘हाम्रो कारण ६ घन्टा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपका सेवा अवरुद्ध भए, जसका कारण हामी माफी माग्न चाहन्छौँ,’ उनले ट्विटरमार्फत प्रयोगकर्तासँग पनि माफी मागेका छन् । उनले भने, ‘दुई वर्षअघि पनि फेसबुकको कन्फिगुरेसन परिवर्तन गर्नुपरेका कारण सेवा बन्द भएको थियो, यसपटक पनि कारण त्यहीँ नै हो ।’

Advertisement
Advertisement

६ घन्टा फेसबुक, इन्स्टाग्राम, ह्वाट्स एप तथा म्यासेन्जर बन्द हुँदा यसको क्षति कति भयो भन्ने सही तथ्यांक सार्वजनिक भएको छैन । तर, फेसबुकका सिइओ जुकरवर्गले सेवा अवरुद्ध हुँदा ६ अर्ब पाउन्ड नोक्सानी भएको अनुमान गरेका छन् । ६ घन्टा सेवा बन्द भएको वेलामा अन्तर्राष्ट्रिय सेयर बजारमा फेसबुकको मार्केट घटेपछि जुकरवर्गसमेत आत्तिएको एजेन्सीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय व्यापार वेभ साइटहरूले तत्कालै समस्याको सामाधान भएका कारण फेसबुक ठूलै नोक्सानीबाट उम्केको जनाएका छन् । ‘यो सेवा थप केही घन्टा अवरुद्ध भएको भए फेसबुकले धेरै नै आर्थिक घाटा व्यहोर्नुपर्ने थियो, उनीहरूका प्रावधिकहरूले छिटोभन्दा छिटो समस्या समाधान गरे,’ व्यापारिक वेभ साइटहरूले जनाएका छन् ।

सामाजिक सञ्जालबाटै व्यवसाय गर्नेहरूले पनि धेरै घाटा ब्यहोरेको बिबिसीले जनाएको छ । ‘विश्वभरि सामाजिक सञ्जालबाट सीधा ग्राहकसँग जोडिएका छन्, जसले सोसियल मिडिया प्रयोग गरिरहेका छन्, उनीहरूले अप्रत्यक्ष रूपमा धेरै नोक्सानी व्यहोर्नुपरेको छ, सम्भवतः उनीहरू वित्तीय नोक्सानीको सामना गरिरहेका छन्,’ बिबिसीले भनेको छ । सेवा अवरुद्ध हुँदा अर्बौं प्रयोगकर्ता लगभग चार घन्टा सोसियल मिडियासँग टाढा रहे । यसबीचमा एकआपसमा अन्य प्रयोगबाट फेसबुक नचलेको बारेमा छलफल भएको बिबिसीले उल्लेख गरेको छ । कतिपय प्रयोगकर्ताले लगातार ६ घन्टा फेसबुक ‘लग इन’ कोसिस गरिरहे ।

Advertisement

यसैबीच डाउनडिटेक्टर ट्र्याक गर्नेहरूले कम्तीमा फेसबुकले यस अवधिमा १० अर्ब ६० करोड डेटा गुमाएको दाबी गरेको छ । सामाजिक सञ्जालमा यो अहिलेसम्मकै सबैभन्दा धेरै डेटा मिस भएको उनीहरूका भनाइ छ । टाइम्स टेक्नोलोजीका रिपोर्टर रिसा फ्रेन्कले फेसबुकमा आएको समस्या बुझ्न यसको मुख्य कार्यालयसम्म पुग्न नसकेको बिबिसीलाई बताएका छन् ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top