राजस्थानमाथि मुम्बईको सहज जित

२० असोज ७८, बुधबार
Share this
696shares

२० असाेज, एजेन्सी ।

Advertisement

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्समाथि जित निकालेको छ।  सारजाहमा मंगलबार राति सम्पन्न भएको खेलमा मुम्बईले राजस्थानलाई ८ विकेटले हराएको हो।

राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो। मुम्बईको जितमा इशान किशनले अविजित ५० रन बनाए भने कप्तान रोहित शर्माले २२ रन जोडे।

Advertisement

मुम्बईका लागि सूर्यकुमार यादवले १३ रन बनाउँदा हार्दिक पाण्डेयले अविजित ५ रन बनाए। राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले १/१ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रनमात्र बनाएको थियो। राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन बनाए भने डेभिड मिलरले १५ रन जोडे। त्यसैगरी, यासभी जैसवाल र राहुल टेवाटियाले समान १२/१२ रन बनाउँदा राजस्थानका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

Advertisement

मुम्बईका नाथन कल्टर निलले ४ विकेट लिए। जेम्स निशमले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए। जितसँगै १३ खेलबाट १२ अंक जोडेको मुम्बई अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। उसको प्ले अफ सम्भावना कायमै छ।

राजस्थान १० अंक जोडेर सातौं स्थानमा रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top