विराटनगर, साउन १०
एक वर्ष नपुग्दै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद अचार्यको काठमाडौमा सरूवा भएको छ । गृहमन्त्रालयको वुधबारको निर्णय अनुसार आचार्यलाई काठमाडांै जिल्ला प्रशासनको प्रमुख जिल्ला अधिकारीमा सरूवा गरिएकोे हो ।
मोरङमा भने बाँकेका प्रजिअ रमेश केसीलाई ल्याईएको छ । पश्चिम सल्यान निवासी केसी तीन बर्ष अघि सहसचिवमा बढुवा भएका हुन । विराटनगर—५ चाँदनी चौक निवासी आचार्य कम उमेरमा मोरङ र काठमाडौको प्रजिअ बन्ने प्रशासक भएका छन ।
सहसचिवमा बढुवा पाएपछि उनलाई पहिलो रोजाईमै ०७४ साउन २६ गते मोरङको प्रजिअमा सरूवा गरिएको थियो । मोरङमा एक बर्षको बसाई उनको सफलतापूर्वक वितेको छ ।
सरूवा भएर आएलगत्तै बाढीको चपेटामा परेका आचार्यले सप्तरीसम्मको राहत वितरणमा समन्व्य गरेका थिए । संघीय संसदको चुनाव शान्तिपूर्ण र धाँधलीरहित बनाउने उनको प्रयास सफल भएको थियो । यस्तै प्रदेश सभाको राजधानी विराटनगर तोकिएपछि प्रदेशको संरचना र पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका उनले खेलेका थिए ।