एमालेका कारण निजामती सेवा विधेयक फिर्ताः बडु

२१ असोज ७८, शुक्रबार

२२ असाेज, काठमाडाैँ ।

Advertisement

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेकाले सरकारले निजामती सेवा विधेयक फिर्ता लिनु परेको बताएका छन् ।

काँग्रेस सांसद बडुले जरुरी कानुनहरु समेत पास गर्न नदिने गरी प्रमुख प्रतिपक्ष दलले गैरजिम्मेवार ढंगले संसद अवरुद्ध पारेपछि सरकारले विधेयकहरु फिर्ता लिएर अध्यादेशको सहारा लिनुपर्ने अवस्था आएको दावी समेत गरे।

Advertisement

शुक्रबार संसद बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘प्रमुख प्रतिपक्ष दलले यति ठूलो अवरोध गरिरहेको छ । संसदलाई सूचारु गर्न दिने, राज्य संचालनामा जरुरी कानुनहरु पास गर्न दिने, जनताको जल्दाबल्दा समस्यालाई जनताको माझमा पु¥याउन दिने । यसको खालको वातावरण नबनाउने । यो जनताप्रतिको, संसदप्रतिको उत्तरदायित्व बिर्सेर जसरी भएपनि गैरउत्तरदायी ढंगले प्रमुख प्रतिपक्षले जुन अवरोध खडा गरिरहेको छ । त्यसैको परिणाम हो यो ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top