सरकारी कम्पनीले बेच्यो रू. १ करोडभन्दा बढीको खसीबोका

२४ असोज, काठमाडौं ।

सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि सहुलियत मूल्यमा पहिलो दिनमै रू. १ करोडभन्दा बढीको खसीबोका विक्री गरेको छ ।

दशैंका लागि २ हजार खसीबोका विक्री गर्ने लक्ष्य राखेर कम्पनीले काठमाडौंस्थित आफ्नो कार्यालयबाट शनिवारदेखि सुपथ मूल्यमा खसीबोकाको विक्री शुरू गरेको हो ।

कम्पनीले शनिवार पहिलो दिनमै १ करोड ६४ हजार रुपैयाँ बराबरका ६ सय २५ ओटा खसीबोका विक्री गरेको हो । यस वर्ष जिउँदो खसीबोकाको बजार मूल्य प्रतिकिलो ६ सय ५० रुपैयाँ तोकिएको छ । कम्पनीले उक्त मूल्यमा १० रुपैयाँ छूट दिएर प्रतिकिलो ६ सय ४० रुपैयाँमा विक्री गरिरहेको छ ।

कम्पनीले पहिलो चरणमा शुक्रवारसम्म ७ सय ३० र शनिवार थप ३ सय २९ ओटा खसीबोका भित्र्याएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले आर्थिक अभियान दैनिकलाई बताइन् ।

उनका अनुसार चाडबाडका समयमा अस्वाभाविक रूपले बढ्ने बजार मूल्यलाई नियन्त्रण गर्न र उपभोक्तालाई सुविधा दिने हिसाबले कम्पनीले सहुलियत मूल्यमा खसीबोकाको विक्री गरेको हो ।

कोरोना महामारी संक्रमणको जोखिमलाई ध्यानमा राख्दै कम्पनीले खसीबोका किन्न आउने उपभोक्तालाई टोकन प्रणालीमार्फत व्यवस्थापन गरेको छ । शनिवार कम्पनीले विक्री गरेका खसीबोका किन्न थापाथलीस्थित विक्री कक्षमा उपभोक्ताको बाक्लो भीड लागेको थियो ।

कम्पनीले असोज १ गतेदेखि थालेको सुपथ मूल्य पसलबाट काठमाडौं उपत्यकाभित्रका विक्री केन्द्रहरूमार्फत हालसम्म करीब ६ सय क्वीन्टल खाद्यान्न विक्री गरेको छ । सुपथ मूल्य पसलअन्तर्गत कम्पनीले दाल, चामल, जुम्लाको सिमी, चिनी, घिउलगायत खाद्यान्न विक्री गरिरहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top