पृथ्वीराजमार्ग तनहुँखण्ड : खाल्डाखुल्डीले दुर्घटनाको जोखिम

२३ असोज ७८, आइतबार

२४ असोज, दमौली ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा खाल्डाखुल्डी पुर्न वर्षेनी करोडौ लगानी भए पनि राजमार्गको अवस्था भने सुधार आउन सकेको छैन ।

पृथ्वीराजमार्गका ७२ किलोमिटर पर्ने तनहुँमा ठाउँ–ठाउँमा खाल्डाखुल्डीले गर्दा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती त छँदैछ दुर्घटनाको जोखिम पनि बढाएको छ ।

जिल्लाका कोत्रे, हलेदी, गाछेपानी, मालेबगर, थर्पु, गुणादी, घाँसीकुवा, छिर्कन, डुम्रे बजार क्षेत्रका सडकमा खाल्डाखुल्डीले राजमार्गमा सडक जाम समेत हुने गरेको छ । ट्याक्सी चालक अमित श्रेष्ठले मुख्य राजमार्गकै अवस्थाका कारण सवारी चलाउन मुस्किल हुँदै आएको बताए ।

‘सडकको खाल्डाखुल्डीले निकै सास्ती छ, बिरामी लिएर पोखराका अस्पताल पुग्न गाह्रो छ,’ उनले भने, ‘भनेको समयमा पुग्न सकिदैन ।

खाल्डाखुल्डीमा गाडी चलाउँदा बिरामीलाई पनि सास्ती भइरहेको छ ।’ पानी परेको बेला खाल्डामा पानी जम्ने र घाम लागेको बेला धुलो उड्ने समस्या पनि उत्तिकै रहेको उनले गुनासो गरे ।

राजमार्गमा गाडी चलाउँदा असुरक्षित महशुस हुने गरेको चालक देव श्रेष्ठले बताए । ‘राजमार्गको अवस्था हेर्दा यस्तो पनि सडक हुन्छ र भन्ने लाग्छ, ग्रामीण सडकको भन्दा पनि खत्तम छ ,’ उनले भने, ‘सम्ब्न्धित निकायको वेवास्ताका कारण जनताले दुःख पाउनुपरेको छ ।’

पछिल्लो केही दिन यता भने सो राजमार्गका खाल्डा पुर्न थालिएको छ । गाछेपानी कोत्रे खण्डमा सडक डिभिजनले आफ्नै मेसिन प्रयोग गरेर सडकको खाल्डा पुरिरहेको कार्यालयका प्रमुख लक्ष्मी केसीले जानकारी दिए । पृथ्वीराजमार्ग सडक अहिले डिभिजनको क्षेत्राधिकारमा नपर्ने भएका कारण मर्मत गर्न नसकिएको उनले स्पष्ट पारे ।

‘यो सडक अहिले हाम्रो क्षेत्राधिकारमा पर्दैन । मुग्लिङ–पोखरा चार लेन सडकलाई हस्तान्तरण गरिसकेका छौँ । आयोजनाको ठेकेदार फिल्डमा नआएकाले सडक डिभिजनको मेसिन र स्थानीय सामग्रीको प्रयोग गर्दै खाल्डा पुर्न थालेका हौ,’ उनले भने ।

क्षेत्राधिकारमा नपर्ने भएकाले पृथ्वी राजमार्ग मर्मतका लागि कार्यालयसँग बजेट उपलब्ध नभएको उनले बताए । ‘कार्यालयलाई अहिले सडक मर्मतका लागि पैसा आएको छैन, तर सर्वसाधारणलाई सास्ती भएको देखेर बजेट नभए पनि खाल्डा पुर्न थालेका हौ,’ उनले भने ।

राजमार्गको मुग्लिन पोखरा सडक एसियाली विकास बैङ्कक (एडीबी)को सहुलियत ऋणमा चार लेनको बन्दैछ । चार लेन सडक बनाउनलाई दुई खण्डमा विभाजन गरेर ठेक्का प्रक्रियामा गइसकेको छ ।

गत भदौ १३ गते सडक डिभिजनले मुग्लिङ–कोत्रे सडक खण्डको जिम्मेवारी मुग्लिङ–पोखरा सडक योजनालाई दिएको छ । चार लेन सडकको आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किमी र जामुने–पोखरा ४५ किमीको दुई प्याकेजमा ठेक्का लगाइएको हो ।

बाउन्न वर्षअघि रेखाङ्कन भएको देशकै प्रमुख पृथ्वी राजमार्ग तनहुँमा ७२ किमी पर्दछ । सडक मर्मतका लागि मात्रै गत आर्थिक वर्ष २०७७÷७८ मा रु एक करोड १७ लाख ७४ हजार ३६ खर्च भएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा रु पाँच करोड १८ लाख ४१ हजार एक सय ५५ खर्च भएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top