×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सेवाग्राहीको काममा विशेष ध्यान दिन रक्षामन्त्री रिजालको निर्देशन

२४ आश्विन २०७८

२४ असोज, मोरङ ।

रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले सेवाप्रदायत कार्यालयले सेवाग्राहीको काममा विशेष ध्यान दिन निर्देशन दिएका छन्।

Advertisement
Advertisement

जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आज बिहान राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिने क्रममा उनले स्थानीय तहबाट समाधान हुने समस्या प्रमुख जिल्ला अधिकारीलाई र केन्द्रबाट समाधान हुने समस्या लिखित रूपमा पठाउन पनि निर्देशन दिए।

उनले निर्देशनभन्दा पनि राष्ट्रसेवक कर्मचारी जनताका काममा जुट्नुपर्ने आग्रह गरे। सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मोरङको शान्ति, सुरक्षाको अवस्था सामान्य रहे पनि चाडपर्वलाई ध्यानमा राखेर विशेष सुरक्षा व्यवस्था मिलाएको र यसका लागि एक हजार ६०० प्रहरी परिचालन गरिएको जानकारी दिए।

उनले खुला सीमाका कारण हजारौँ नागरिक नेपाल–भारत ओहोरदोहोर गर्ने गरेको जानकारी दिँदै कामका लागि भारत गएका नेपाली नागरिक नेपाल प्रवेश गर्ने क्रममा ऐन्टिजेन परीक्षण गरी सोहीअनुसारको व्यवस्था मिलाइएको बताए।

प्रमुख जिल्ला अधिकारी दाहालले जिल्लामा आपूर्तिको समस्या नरहेको र नेपालभन्दा भारतमा प्रतिकिलो चिनीको मूल्यमा ३० रुपैयाँ कम रहेकाले धेरै नागरिक सीमावर्ती बजार जाने गरेको जानकारी दिँदै मोरङको भारततर्फ ६३ किमी सीमा क्षेत्रमा आपराधिक गतिविधिलाई नियन्त्रण गर्न, लागुऔषध कारोबारलाई निस्तेज पार्न र मानव बेचबिखन कार्यतर्फ पनि विशेष ध्यान पु¥याइएको जानकारी दिए।

उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याइएको जनाउँदै १८ वर्षमुनिका बालबालिकलाई पनि खोपको प्रबन्धतर्फ रक्षामन्त्रीको ध्यानाकर्षण गराए।

Advertisement

सो अवसरमा प्रहरी उपरीक्षक जनार्दन जिसी, सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहता र कोशी अस्पताल विराटनगरका प्रमुख डा चुमनलाल दासले पनि आ–आफ्ना समस्या अवगत गराएका थिए।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top