NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

पाइला–पाइलामा लुटिन्छन् भारतबाट फर्किने नेपाली

सोमवार अशोज २५ , २०७८
Reading Time: 1 min read
A A
पाइला–पाइलामा लुटिन्छन् भारतबाट फर्किने नेपाली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं: बेरोेजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन् । वर्ष दिन रगत–पसिना बगाउँछन् । त्यसकै कमाइ बोकेर दसैं, तिहारलगायत चाडबाड मनाउन घर फर्किंदा बाटोमा लुटिन्छन् । कतिपय त सबै लुटिएर रित्तो हात फर्किनु पर्छ ।

डोटीको केआई सिंह गाउँपालिका–४ चंगेसेनका प्रताप विकले भारतको पञ्जाबबाट दीपायलसम्मको गाडी भाडा ३ हजार ६ सय ८० तिरे। ‘बाटोमा सामान झार्न, चढाउन समस्या हुन्छ भनेर यति महँगो रकम तिरें । तर, केही सजिलो भएन’ विकले भने, ‘झन् तीन दिनमा मात्रै बोर्डर पुर्‍यायो । तीन महिनामा जोगाएर ल्याएको रकम बाटोमै सकिन थाल्यो ।’

पञ्जाबबाट रोडवेज गाडीको भाडा गौरीफन्टा सीमासम्म ८ सय भारु छ । नेपाली १ हजार २ सय ८० रुपैयाँ हो । धनगढीबाट दीपायलसम्म बस चढ्दा ६ सय ५० रुपैयाँ तिर्नुपर्छ । आफैं टिकट काटेर गन्तव्य गए कुल १ हजार ९ सय ३० रुपैयाँ खर्च हुन्छ । ‘बोर्डरसम्म नेपाली ५ हजार नाघ्यो’, केआई सिंह गाउँपालिकाकै वडा नम्बर १ का गोपाल औजीले भने ।

Advertisement

भारतको लधियानाबाट डोटीको डुमराकोट जान लागेको औजीले सुनाए । ‘हामीलाई छिटो हुन्छ भने । दसैंका बेला भएकाले आएकै दिन धनगढीबाट पनि दीपायलको गाडी पाउँदैन । एकमुस्ट टिकट काट्यो भने धनगढी पुग्नेबित्तिकै दीपायल हिँड्ने भने’, उनले भने, ‘तर, तीन दिन भयो बल्ल गौरीफन्टा नाकामा आइपुगेका छौं ।’

पञ्जाबबाट बेलुकी हिँडेको बस अर्को दिन बिहान गौरीफन्टा पुगिहाल्छ । तर, कैलालीसँग सिमाना जोडिएको लखिमपुरमा किसान आन्दोलनमा झडप हुँदा आठ जनाको ज्यान गएपछि सवारी साधन बाटोमै रोकिएका कारण तीन दिन लागेको हो । यो यात्रामा नेपाली मजदुरहरू नेपालीबाटै महँगो टिकटबाट ठगिइरहेका छन् । डोटीकै बोगटानका बलराम क्षेत्रीले दुई झोला सामान बढी भएकाले पञ्जाबबाट दीपायलका लागि २ हजार ५ सय भारु (नेरु ४ हजार) तिरेको सुनाए ।

गाडी भाडामा चर्को असुली त भयो नै, सीमा नाकामा उस्तै ठगी हुन्छ । गौरीफन्टा नाकामा भारतीय बसबाट झरेपछि नेपालतिर अटो रिक्सा वा नगर बस पक्रनेसम्मको दूरी २ सय मिटर छ । त्यो बीचमा भारतीय भन्सार कार्यालय, भारतीय प्रहरी चौकी, दुधवा नेसनल पार्कको कार्यालय र एसएसबीको बिट छन् । जहाँ एक नेपाली कम्तीमा ५ सय भारु अनावश्यक रूपमा तिर्न बाध्य हुन्छन् । एसएसबी बाहेक दुधवा नेसनल पार्क, भारतीय प्रहरी र सबैभन्दा बढी भन्सारका कर्मचारीले हरेक नेपाली मजदुरबाट रकम असुल्ने गरेका छन् ।

‘यसको कुनै हिसाब हुँदैन । उनीहरू सामानको पोका हेरेर रकम लिन्छन् । सानो पोका र झोलाहरू छन् भने सय÷दुई सय, ठूलो पोका छन् भने पाँच सय पनि’, सीमा नाकामा कार्यरत एक स्वास्थ्यकर्मीले भने, ‘हामीले टुलुटुलु हेर्नुको विकल्प छैन । यो रोक्ने दायित्व सरकारको हो ।’

अछामको जयगढका हरिराम सार्कीले नाकामै ६ सय खर्च भएको बताए । ‘दुइटा झोला, घरका लागि केही लुगा कपडा थिए । भारतीय सुरक्षा एजेन्सीमा ६ सय रुपैयाँ तिरेर आएँ’, उनले भने, ‘लठ्ठी समातेर बसेका हुन्छन्, रकम दिएन भने सामान खोल भन्छन् । सामान बोक्ने कि खोल्ने भन्ने हतार हुन्छ । त्यसैले रकम दिनुको विकल्प छैन ।’

त्यसपछि पनि नेपाली मजदुरमाथिको क्रुरता सकिँदैन । नेपालतिर अटो र नगर बसले चर्को भाडा असुल्छन् । भारतको बसपार्कमा सामान झारेका नेपालीलाई वारि ल्याई दिएबापत मात्रै २–३ सय भारु असुल्छन् ।

अटो र ई–रिक्सा चालकले मनपरी रकम लिन थालेको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले नेपालतिरका अटो र रिक्सा चालकलाई भारतको बसपार्कसम्म जान रोकेका छन् । ‘उनीहरूले मनपरी भाडा लिने गरेका कारण केही दिनदेखि भारतको बसपार्कसम्म जान रोकिदिन भारतीय सुरक्षा एजेन्सीलाई आग्रह गरेका छौं’, कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले भने । त्यसपछि वारि सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि दसैंका बेला चियापानी भन्दै रकम लिने गरेको पीडित सुनाउँछन् । एक यात्रुले भने, ‘चियापानी दिनुपर्‍यो भनेपछि नेपाली ५०-१०० रुपैयाँ दियौं । भारतकाले त लुट्छन् भने हाम्रा दाजुभाइले पनि चियापानी खाउन भनेर दिएको नि !’

दसैं, तिहार वा नयाँ वर्ष मनाउन स्वदेश फर्किने नेपालीसँग भारतको भन्सारका कर्मचारीले असुल्ने गरेको जनाइएको छ । विगतमा भारतबाट फर्किने नेपालीलाई नाकामा लाम लगाएरै रकम लिने गर्थे । हिजोआज सीसी क्यामेरा भएकाले उनीहरूले त्यसलाई छलेर रकम लिने गरेको जनाइएको छ ।

नेपालका बसपार्कमा पनि मुगलानबाट फर्किएका नेपाली ठगीमा पर्ने गरेका छन् । दसैं र तिहारका बेला टिकट पनि नपाउने बहाना बनाउँदै दलालले बस बुकिङ गरेर महँगो भाडा असुल्ने गरेका छन् । असोज ५ गतेयता गौरीफन्टा नाका भएर ७ हजार ९ सय ३२ र गड्डाचौकी नाका भएर ११ हजार ३९ गरी कुल १८ हजार ९ सय ७१ जना घर फर्किएका कञ्चनपुर जिल्ला प्रशासनले जनाएको छ । जिल्ला प्रशासनसँग ५ गतेयता ७, ९, १६ र २१ गतेको भने तथ्यांक छैन ।

मजदुरसँग असुल्छन् सुरक्षाकर्मी
नेपालगन्जस्थित सीमा नाका जमुनाहाको सुरक्षामा रहेका १७ प्रहरी हालै जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिए। उनीहरू इलाका प्रहरी कार्यालय जमुनाहामा सरुवा भएको तीन–चार महिना मात्र भएको थियो । इन्चार्ज सई पूर्णबहादुर खत्रीलाई छोडेर असई, हवल्दार र प्रहरी जवानलाई मात्र तानियो भनेर आलोचना भयो । तेस्रो दिन खत्री पनि जिल्लामै तानिए । वडामा दरबन्दी भएका सई मीनबहादुर विष्टले सीमा सुरक्षाको जिम्मेवारी पाए ।

सीमा नाकामा कार्यरत प्रहरीलाई एकचौथाइ समय पनि काम गर्न नदिनुको एउटै कारण थियो– भारतबाट दसैंमा घर फर्केका नेपालीलाई अनावश्यक दुःख दिएर पैसा असुली गर्नु । त्यो पनि रंगेहात पक्राउ परेपछि मात्र विभागीय कारबाही भएको हो । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसूधन न्यौपानेले छड्के निरीक्षणका क्रममा पैसा असुली गरेको प्रमाण फेला पारेका थिए । एसपी अधिकारीले भने, ‘प्रहरीको पकेट जाँच गर्दा पाँच रुपैयाँदेखि ५० रुपैयाँ भारुसम्म फेला परेका थिए । जसको स्रोत पुष्टि हुन नसकेपछि उनीहरूको ठाउँमा नयाँ मान्छे पठाइएको हो ।’

दैलेखका खगेन्द्र शाहीका अनुसार दसैं मनाउन पोकापन्तुरा बोकेर घर फर्कने नेपाली ठगिने क्रम भारतबाटै सुरु हुन्छ । भारतबाट आउँदा दुईदेखि तीन दिने यात्राका क्रममा बाटोका होटलमै ठगिने शाहीले बताए । सीमामा पुग्दा भारतीय÷नेपाली सुरक्षाकर्मी र भन्सार कर्मचारीले विभिन्न बहानामा असुल्छन् । सीमा पार नगर्दै अटो र रिक्सावाला तान्न पुग्छन् । उनीहरू मनलाग्दी पैसा लिन्छन् । होटलवाला पनि सीमा नाकामै पुग्छन् । होटलको खानाको मोल पनि ‘कालीपारे’बाट बढी असुली हुन्छ ।

‘भारुलाई नेपाली रुपैयाँमा सटही गर्ने नाममा पनि होटलवालाले ठग्छन् । भारु साट्दा फाइदा हुने हुँदा कतिपय होटलवालाले खाएको र बसेको फ्री गरिदिन्छज्’, इलाका प्रहरी जमुनाहाका इन्चार्ज मीनबहादुर विष्टले भने, ‘रिक्सा-अटोवाला र होटलवालाले ठग्न नपाउन् भनेर सादा पोशाकका प्रहरी खटाएर सुरक्षा दिएका छौं ।’ नेपालगन्जको सीमा नाकामा एन्टिजेन परीक्षणका आधारमा दैनिक औसत हजार-बाह्र सय नेपाली घर फर्किरहेका देखिन्छन् ।

बाटोमै लुटिन्छन् नेपाली
भारतको जालन्धरमा रोजगारी गर्ने झापाका धनबहादुर विष्ट ५८ हजार भारु लिएर घर फर्कने क्रममा लुटिए । मोबाइल र लत्ताकपडा भएको झोलासमेत लुटेराले लगे। परिवारसँग दसैं मनाउन कोसेली बोकेर आउँदै गरेका उनलाई पानीमा नसालु पदार्थ ख्वाएका रहेछन् । चितवन भरतपुरका २२ वर्षीय लक्ष्मण गिरी भारतको हमिरपुरस्थित पेट्रोलपम्पमा काम गर्थे । दसैं नजिकिएपछि ६० हजार भारु लिएर घरको यात्रामा निस्किए । उनलाई चियामा नसालु पदार्थ खुवाएर उक्त रकम लुटेराले लगे ।

म्याग्दीको बेनी नगरपालिका–१० का कृष्ण परियार दिल्लीबाट आउने क्रममा लुटिए । उनी २५ हजार भारु, २ वटा मोबाइल र लत्ताकपडा सहितको झोला लिएर घर आउँदै थिए। प्रहरीका अनुसार लुटपाटका अधिकांश घटना भारतको गोरखपुरदेखि लिएर सुनौली नाकाको बीच हुने गरेको छ । रुपन्देहीका डीएसपी एवं प्रवक्ता सत्यनारायण थापाले चाडपर्वको बेला भारतमा नेपालीलाई लुटपाट गर्ने गिरोह भारतीयभन्दा बढी नेपाली मूलका नै रहेको बताए ।

बाटोमा कुराकानी गर्दै विश्वासमा पार्ने, त्यसपछि कुनै वस्तुमा नसालु पदार्थ ख्वाएर लुटपाट गर्ने गरेको पाइएको डीएसपी थापाको भनाइ छ । यात्राका क्रममा कुनै अपरिचित व्यक्तिले खानेकुरा दिए नखान प्रहरीले आह्वान गर्दै आएको छ । तर, झट्ट गरिने विश्वासका कारण लुटपाट-अपराध हुने गरेको छ । बेखर्ची अवस्थामा प्रहरी कार्यालयमा आएका पीडितलाई उनीहरूको गन्तव्यसम्म पुर्‍याउने वा आफन्तको जिम्मा लगाउने गरिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख नवीन पौडेलले बताए ।

चाडपर्वले भीडभाड बढेको नाकामा प्रहरीले यात्रुका सहयोग गर्ने यात्रु सहायता कक्ष (हेल्प डेस्क) राखेको छ । भारतबाट फर्किएका नेपालीले यातायात, होटल, खानालगायतका सम्बन्धमा जानकारी लिने गरेको प्रहरीले जनाएको छ ।,याे समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.