सञ्चार क्षेत्रमा नयाँ कानून निर्माण हुँदै

पोखरा, साउन १३
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोेकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रमा नयाँ कानूनको निर्माणमा सरकार लागेको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता सम्मान–२०७४ बाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झालाई आज सम्मान गर्दै उनले साना लगानीका सञ्चारमाध्यमको विज्ञापनको खास कानून निर्माणलगायत काम अघि बढेको बताए ।

डिजिटल सञ्चारमाध्यमको वर्गीकरणका साथै सामुदायिक र व्यावसायिक रेडियोको वर्गीकरण, मिडिया काउन्सिलको स्थापनालगायत काम पनि हुँदै गरेको उनले बताए ।

उहाँले सञ्चारमाध्यम आलोचक हुनुपर्ने सुझाव पनि दिए । पत्रकारिताको खास मानक हुने बताउँदै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालका नाममा जथाभावी आउने कुरालाई सरकारले नियमन गर्ने उल्लेख गरे । “वर्तमान सरकार मदन भण्डारीले दीक्षित गरेको सरकार हो, यो लोकतन्त्र र बहुदलीयताका लागि प्रतिबद्ध छ”, उनले भने ।

Advertisement

उक्त अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष झालाई नगद ३३ हजा रुपैयाँ , सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व झाले पत्रकारिताको विश्वसनीयतालगायत विषयमा प्रश्न उठेको बताउँदै पत्रकारितालाई समाजले नियमन गर्ने बताए ।

पुरस्कारका स्थापना गर्ने परिवारका तर्फबाट पोखरा उद्योेग वाणिज्य संघका अध्यक्षसमेत रहेका विश्वशंकर पलिखेले पत्रकारिता क्षेत्रमा योगदान गर्ने व्यक्तित्वको सम्मानका लागि अक्षयकोष स्थापना गरिएको बताए ।

Advertisement

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मुलुकको समृद्धिको यात्रामा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने धारणा राखे । गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले लोकतन्त्रलाई बलियो सदैव पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुरस्कृत व्यक्तित्व छनोट समितिका संयोजक माधव शर्मा, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, सचिव रामप्रसाद तिमिल्सिनालगायतले बालेका थिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top