NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

देउवाको पछिल्लो रणनीति : पौडेल समूह फुटाउने, कोइराला परिवार फकाउने

मङ्लबार अशोज २६ , २०७८
Reading Time: 1 min read
A A
एमसीसी अघि बढाउने प्रधानमन्त्रीको सङ्केत, बुझेर मात्रै बोल्न सांसदहरूलाई निर्देशन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं: मन्त्रिपरिषद्लाई पूर्णता दिएको भोलिपल्ट (शनिबार) स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले छोटो बोले, तर अत्यन्त विचार पुर्‍याएर । उनको भनाइ थियो– मन्त्रिपरिषद् विस्तारमा महत्त्वपूर्ण ‘साथीहरू’ छुटेका छन्, उनीहरूलाई आगामी दिनमा समेटिनेछ ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्रीको भनाइबाट मन्त्री हुने चाहना पूरा नभएका कांग्रेस नेता आशावादीमात्र भएनन्, अवसरका लागि उनीप्रति निकट हुन प्रेरित पनि गर्‍यो । शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा नपर्दा कांग्रेसभित्र उनको आफ्नै र इतर समूहका नेतामा असन्तुष्टि देखिएको थियो । महाधिवेशनको मुखमा त्यसबाट पुनः सभापति बन्ने आफ्नो यात्रामा असर नपरोस् भन्नेमा सचेत हुँदै देउवाले उक्त धारणा राखेका थिए ।

सभापति देउवाका हरेक कदम अहिले मंसिरमा हुने महाधिवेशनलक्षित छन् । बोल्दा होस् वा काम गर्दा, उनी पार्टीको आगामी महाधिवेशनलाई केन्द्रमा राख्न थालेका छन् । देउवा–रणनीतिबारे जानकार एक नेताले भने, ‘मन्त्रिपरिषद् विस्तारमै पनि उनले निकटस्थलाई पर्याप्त अवसर दिइसकेपछि आफूइतरलाई अवसरको आशा जगाइदिए ।’

Advertisement

देउवा १३ औं महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कमजोर बनाउन चाहन्छन् । मन्त्रिपरिषद् विस्तारमा प्रक्रियामा उनी केही हदसम्म सफल भएका छन् । पौडेललाई आफूइतर समूहको साझा नेताका रूपमा नभई महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको हैसियतमा व्यवहार गरे । त्यहीअनुसार मन्त्रीको कोटा दिए ।

यसले पौडेललाई ‘मिनिमाइज’ मात्र गरेन, उनको समूहभित्र विग्रह पनि ल्याइदियो । नेत्री सुजाता कोइरालाले शनिबार एक टेलिभिजन कार्यक्रममा पौडेलप्रति आक्रोश ओकल्लै भनिन्, ‘म अब पौडेलको टिममा छैन, उनी पार्टी सभापति बन्नलायक नेता होइनन् ।’ उसो भए तपाईं देउवाको टिममा जानुभएको हो ? प्रस्तोताको जवाफमा उनले भनिन्, ‘त्यस विषयमा मैले अहिले केही पनि सोचेकी छैन ।’

प्रधानमन्त्री देउवा पोखरामा रहेकै बेला सोमबार डोबाटे विश्वकर्मा गण्डकी प्रदेश सरकारको बिनाविभागीय मन्त्री नियुक्त हुनु संयोग मात्र थिएन । मन्त्रीमा नियुक्त गर्ने प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल महामन्त्री कोइरालानिकट र नियुक्त हुने विश्वकर्मा वरिष्ठ नेता पौडेल निकट हुन् । तर यसको जस प्रधानमन्त्री देउवाले लिए । प्रधानमन्त्रीको स्वकीय सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीले डोबाटेलाई मन्त्री बनाउने प्रयास केही दिनअघि नै गर्नुभएको थियो, संयोगवश उहाँ पोखरा भएकै बेला नियुक्तिको निर्णय भयो ।’

मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार भरत कोइराला भने यसलाई संयोगमात्र भन्छन् । उनका अनुसार विश्वकर्माले आइतबार साँझ र मुख्यमन्त्रीले सोमबार बिहान प्रधानमन्त्री देउवालाई पोखरामा छुट्टाछुट्टै भेटेका थिए । ‘यही सन्दर्भमा नियुक्तिको संयोग पर्‍यो, तर यसमा प्रधानमन्त्रीसँग उहाँहरूको कुनै राजनीतिक लेनदेन भएको छैन,’ उनले भने ।

गण्डकी प्रदेशसभामा कांग्रेसका १५ सांसदमध्ये देउवापक्षीय ९ जना छन् । साढे ३ वर्षअघि संसदीय दल गठन गर्दा देउवा समूहका मणिभद्र कँडेलले संसदीय दलको नेता हुने आकांक्षा राखेका भए पनि महामन्त्री कोइरालाले देउवालाई भेटेर ‘मेरो प्रदेशमा मलाई सहयोग गर्नुहोस्’ भन्दै पोखरेललाई दलको नेता बनाउन आग्रह गरेका थिए ।

देउवाकै सहयोगमा पोखरेल गण्डकीमा दलको नेता र मुख्यमन्त्री भएका थिए । करिब दुई महिनाअघि देउवाकै निर्देशनमा मुख्यमन्त्री पोखरेलले शपथका लागि तयार भइसकेका विश्वकर्मालाई मन्त्री हुनबाट वञ्चित गरी सांसद बिन्दुकुमार थापालाई मन्त्री बनाएका थिए । राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल महाधिवेशनमा सँगै जाने अवस्था नरहे पनि देउवाले रणनीतिक रूपमा कोइरालालाई महत्व दिएको हुन सक्ने बताउँछन् ।

‘देउवासँग सत्ता र शक्तिको स्रोत छ, उनी आफैं राजनीतिक रूपमा चतुर खेलाडी पनि हुन्,’ बरालले भने, ‘त्यसैले महामन्त्रीभन्दा पनि बीपीको छोराका रूपमा बढी महत्त्व दिइएको हुन सक्छ ।’ तर पछिल्लो समय देउवाले सिटौला र सुजातालाई निकट बनाउँदै लगेको आभास आफूले पाएको उनले बताए ।

उनका अनुसार कांग्रेसमा सबैभन्दा ठूलो ‘एकल गुट’ देउवाको छ । स्थानीयस्तरबाटै देउवा गुटको नाममा प्रतिनिधि छानिन्छन् । इतर समूहमा भने देउवाजत्तिको बलियो ‘एकल गुट’ भएको नेता छैनन् । पौडेल समूह भनेर चिनिए पनि उनीभित्र कोइराला (शशांक–शेखर) र प्रकाशमान सिंहका आफ्नै गुट छन् ।

अर्कोतिर सिटौला र विमलेन्द्र निधि आ–आफ्नो गुट निर्माण र विस्तारमा प्रयासरत छन् । देउवा यिनै गुटभित्र खेलेर आफूलाई थप प्रभावशाली बनाउने रणनीतिमा देखिएका बरालको भनाइ छ । ‘यसका लागि उनले सरकार र पार्टी सत्ताको भरपूर प्रयोग गरिरहेका छन्,’ उनले भने ।

गठबन्धन दलका एक नेताका अनुसार प्रधानमन्त्री देउवाले मन्त्रालय र मन्त्री संख्या भागबन्डा गर्दासमेत महाधिवेशनलाई कारण देखाएर सहयात्री दलसँग सहयोग मागेका थिए । ‘शीर्ष नेताको बैठकमा महाधिवेशनसम्म मेरा केही बाध्यता छन्, बरु भागबन्डामा पछि केही हेरफेर गरौंला भनेर बढी भाग खोज्नुभएको थियो,’ ती नेताले भने, ‘त्यही कारण कांग्रेसले केही बढी भाग पाएको हो ।’

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रस्तावमा मन्त्री नियुक्त भएका भनिएका गजेन्द्र हमाललाई पनि कांग्रेसको कोटामा राखेका थिए । देउवानिकट एक नेताका अनुसार हमालले राजीनामा दिएपछि उक्त स्थानमा महाधिवेशनमा आफूलाई फाइदा पुग्ने गरी नियुक्तिको तयारी देउवाले गरेका छन् । ‘आफ्नो वा इतर जुन समूहबाट मन्त्री नियुक्त गरे पनि प्रधानमन्त्रीले स्वविवेक प्रयोग गर्नु हुनेछ,’ उनले भने ।

देउवाले क्रियाशील सदस्यता वितरणदेखि महाधिवेशन प्रतिनिधि छनोटसम्म उत्तिकै ध्यान केन्द्रित गरेका छन् । पौडेल समूहको विरोधका बाबजुद देउवाले सदस्यता विवाद निम्ट्याउँदै लगेका छन् । अब बारा, रौतहट र रसुवाको सदस्यता सूचीमात्र सार्वजनिक हुन बाँकी छ । अधिवेशन भएका ठाउँमा जिल्ला नेतृत्व दिएर भए पनि महाधिवेशन प्रतिनिधि बढी ल्याउनुपर्ने देउवाको रणनीति देखिन्छ ।

‘जिल्ला सभापति पौडेल समूहलाई दिएर भए पनि महाधिवेशन प्रतिनिधि बढी ल्याउनु भन्ने निर्देशन आएपछि मैले नेतृत्वबाट वञ्चित हुनुपर्‍यो,’ देउवा समूहमा रहेका कर्णालीका एक नेताले सामाजिक सञ्जालमा लेखेका छन् । हालसम्म महाधिवेशन प्रतिनिधि भएका १३ जिल्लामा ३ सय ६२ महाधिवेशन प्रतिनिधि निर्वाचित भएकोमा आधाभन्दा बढी (१९६) देउवा समूहका छन् । पौडेल समूहका १ सय २१, सिटौला समूहका २० र अन्य २५ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.