×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

देउवाको पछिल्लो रणनीति : पौडेल समूह फुटाउने, कोइराला परिवार फकाउने

२६ आश्विन २०७८

काठमाडौं: मन्त्रिपरिषद्लाई पूर्णता दिएको भोलिपल्ट (शनिबार) स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले छोटो बोले, तर अत्यन्त विचार पुर्‍याएर । उनको भनाइ थियो– मन्त्रिपरिषद् विस्तारमा महत्त्वपूर्ण ‘साथीहरू’ छुटेका छन्, उनीहरूलाई आगामी दिनमा समेटिनेछ ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्रीको भनाइबाट मन्त्री हुने चाहना पूरा नभएका कांग्रेस नेता आशावादीमात्र भएनन्, अवसरका लागि उनीप्रति निकट हुन प्रेरित पनि गर्‍यो । शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा नपर्दा कांग्रेसभित्र उनको आफ्नै र इतर समूहका नेतामा असन्तुष्टि देखिएको थियो । महाधिवेशनको मुखमा त्यसबाट पुनः सभापति बन्ने आफ्नो यात्रामा असर नपरोस् भन्नेमा सचेत हुँदै देउवाले उक्त धारणा राखेका थिए ।

Advertisement
Advertisement

सभापति देउवाका हरेक कदम अहिले मंसिरमा हुने महाधिवेशनलक्षित छन् । बोल्दा होस् वा काम गर्दा, उनी पार्टीको आगामी महाधिवेशनलाई केन्द्रमा राख्न थालेका छन् । देउवा–रणनीतिबारे जानकार एक नेताले भने, ‘मन्त्रिपरिषद् विस्तारमै पनि उनले निकटस्थलाई पर्याप्त अवसर दिइसकेपछि आफूइतरलाई अवसरको आशा जगाइदिए ।’

देउवा १३ औं महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कमजोर बनाउन चाहन्छन् । मन्त्रिपरिषद् विस्तारमा प्रक्रियामा उनी केही हदसम्म सफल भएका छन् । पौडेललाई आफूइतर समूहको साझा नेताका रूपमा नभई महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको हैसियतमा व्यवहार गरे । त्यहीअनुसार मन्त्रीको कोटा दिए ।

यसले पौडेललाई ‘मिनिमाइज’ मात्र गरेन, उनको समूहभित्र विग्रह पनि ल्याइदियो । नेत्री सुजाता कोइरालाले शनिबार एक टेलिभिजन कार्यक्रममा पौडेलप्रति आक्रोश ओकल्लै भनिन्, ‘म अब पौडेलको टिममा छैन, उनी पार्टी सभापति बन्नलायक नेता होइनन् ।’ उसो भए तपाईं देउवाको टिममा जानुभएको हो ? प्रस्तोताको जवाफमा उनले भनिन्, ‘त्यस विषयमा मैले अहिले केही पनि सोचेकी छैन ।’

प्रधानमन्त्री देउवा पोखरामा रहेकै बेला सोमबार डोबाटे विश्वकर्मा गण्डकी प्रदेश सरकारको बिनाविभागीय मन्त्री नियुक्त हुनु संयोग मात्र थिएन । मन्त्रीमा नियुक्त गर्ने प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल महामन्त्री कोइरालानिकट र नियुक्त हुने विश्वकर्मा वरिष्ठ नेता पौडेल निकट हुन् । तर यसको जस प्रधानमन्त्री देउवाले लिए । प्रधानमन्त्रीको स्वकीय सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीले डोबाटेलाई मन्त्री बनाउने प्रयास केही दिनअघि नै गर्नुभएको थियो, संयोगवश उहाँ पोखरा भएकै बेला नियुक्तिको निर्णय भयो ।’

मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार भरत कोइराला भने यसलाई संयोगमात्र भन्छन् । उनका अनुसार विश्वकर्माले आइतबार साँझ र मुख्यमन्त्रीले सोमबार बिहान प्रधानमन्त्री देउवालाई पोखरामा छुट्टाछुट्टै भेटेका थिए । ‘यही सन्दर्भमा नियुक्तिको संयोग पर्‍यो, तर यसमा प्रधानमन्त्रीसँग उहाँहरूको कुनै राजनीतिक लेनदेन भएको छैन,’ उनले भने ।

गण्डकी प्रदेशसभामा कांग्रेसका १५ सांसदमध्ये देउवापक्षीय ९ जना छन् । साढे ३ वर्षअघि संसदीय दल गठन गर्दा देउवा समूहका मणिभद्र कँडेलले संसदीय दलको नेता हुने आकांक्षा राखेका भए पनि महामन्त्री कोइरालाले देउवालाई भेटेर ‘मेरो प्रदेशमा मलाई सहयोग गर्नुहोस्’ भन्दै पोखरेललाई दलको नेता बनाउन आग्रह गरेका थिए ।

देउवाकै सहयोगमा पोखरेल गण्डकीमा दलको नेता र मुख्यमन्त्री भएका थिए । करिब दुई महिनाअघि देउवाकै निर्देशनमा मुख्यमन्त्री पोखरेलले शपथका लागि तयार भइसकेका विश्वकर्मालाई मन्त्री हुनबाट वञ्चित गरी सांसद बिन्दुकुमार थापालाई मन्त्री बनाएका थिए । राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल महाधिवेशनमा सँगै जाने अवस्था नरहे पनि देउवाले रणनीतिक रूपमा कोइरालालाई महत्व दिएको हुन सक्ने बताउँछन् ।

‘देउवासँग सत्ता र शक्तिको स्रोत छ, उनी आफैं राजनीतिक रूपमा चतुर खेलाडी पनि हुन्,’ बरालले भने, ‘त्यसैले महामन्त्रीभन्दा पनि बीपीको छोराका रूपमा बढी महत्त्व दिइएको हुन सक्छ ।’ तर पछिल्लो समय देउवाले सिटौला र सुजातालाई निकट बनाउँदै लगेको आभास आफूले पाएको उनले बताए ।

उनका अनुसार कांग्रेसमा सबैभन्दा ठूलो ‘एकल गुट’ देउवाको छ । स्थानीयस्तरबाटै देउवा गुटको नाममा प्रतिनिधि छानिन्छन् । इतर समूहमा भने देउवाजत्तिको बलियो ‘एकल गुट’ भएको नेता छैनन् । पौडेल समूह भनेर चिनिए पनि उनीभित्र कोइराला (शशांक–शेखर) र प्रकाशमान सिंहका आफ्नै गुट छन् ।

अर्कोतिर सिटौला र विमलेन्द्र निधि आ–आफ्नो गुट निर्माण र विस्तारमा प्रयासरत छन् । देउवा यिनै गुटभित्र खेलेर आफूलाई थप प्रभावशाली बनाउने रणनीतिमा देखिएका बरालको भनाइ छ । ‘यसका लागि उनले सरकार र पार्टी सत्ताको भरपूर प्रयोग गरिरहेका छन्,’ उनले भने ।

गठबन्धन दलका एक नेताका अनुसार प्रधानमन्त्री देउवाले मन्त्रालय र मन्त्री संख्या भागबन्डा गर्दासमेत महाधिवेशनलाई कारण देखाएर सहयात्री दलसँग सहयोग मागेका थिए । ‘शीर्ष नेताको बैठकमा महाधिवेशनसम्म मेरा केही बाध्यता छन्, बरु भागबन्डामा पछि केही हेरफेर गरौंला भनेर बढी भाग खोज्नुभएको थियो,’ ती नेताले भने, ‘त्यही कारण कांग्रेसले केही बढी भाग पाएको हो ।’

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रस्तावमा मन्त्री नियुक्त भएका भनिएका गजेन्द्र हमाललाई पनि कांग्रेसको कोटामा राखेका थिए । देउवानिकट एक नेताका अनुसार हमालले राजीनामा दिएपछि उक्त स्थानमा महाधिवेशनमा आफूलाई फाइदा पुग्ने गरी नियुक्तिको तयारी देउवाले गरेका छन् । ‘आफ्नो वा इतर जुन समूहबाट मन्त्री नियुक्त गरे पनि प्रधानमन्त्रीले स्वविवेक प्रयोग गर्नु हुनेछ,’ उनले भने ।

देउवाले क्रियाशील सदस्यता वितरणदेखि महाधिवेशन प्रतिनिधि छनोटसम्म उत्तिकै ध्यान केन्द्रित गरेका छन् । पौडेल समूहको विरोधका बाबजुद देउवाले सदस्यता विवाद निम्ट्याउँदै लगेका छन् । अब बारा, रौतहट र रसुवाको सदस्यता सूचीमात्र सार्वजनिक हुन बाँकी छ । अधिवेशन भएका ठाउँमा जिल्ला नेतृत्व दिएर भए पनि महाधिवेशन प्रतिनिधि बढी ल्याउनुपर्ने देउवाको रणनीति देखिन्छ ।

Advertisement

‘जिल्ला सभापति पौडेल समूहलाई दिएर भए पनि महाधिवेशन प्रतिनिधि बढी ल्याउनु भन्ने निर्देशन आएपछि मैले नेतृत्वबाट वञ्चित हुनुपर्‍यो,’ देउवा समूहमा रहेका कर्णालीका एक नेताले सामाजिक सञ्जालमा लेखेका छन् । हालसम्म महाधिवेशन प्रतिनिधि भएका १३ जिल्लामा ३ सय ६२ महाधिवेशन प्रतिनिधि निर्वाचित भएकोमा आधाभन्दा बढी (१९६) देउवा समूहका छन् । पौडेल समूहका १ सय २१, सिटौला समूहका २० र अन्य २५ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top