रुवी खानलाई असोज २८ गते उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

रुवी खानलाई असोज २८ गते उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

२६ असोज, काठमाडौं ।

सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई असोज २८ उपस्थित गराउन आदेश दिएको छ । मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दशैंको नवमी अर्थात असोज २८ गते अदालत उपस्थित गराउन आदेश दिएको हो ।

नेपालगञ्जका दुई जना महिलाको शंकास्पद मृत्युको घटना अनुसन्धानको माग गर्दै आएका आफन्त र अधिकारकर्मी न्यायका लागि पैदल हिँडेर अघिल्लो हप्ता काठमाडौं आएका थिए ।

माइतीघरमा धर्ना बसेकै ठाउँबाट प्रहरीले गत शुक्रबार अधिकारकर्मी रुवी खानलाई पक्राउ गरेर नेपालगञ्ज लगेको थियो । उनलाई रिहा गर्न माग गर्दै अधिकारकर्मी मोहना अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएकी थिइन् ।

सो रिटमा सुनुवाइ गर्दै आइतबार न्यायाधीश दीपककुमार कार्कीले २४ घण्टाभित्र खानलाई सर्वोच्चमा उपस्थित गराउन आदेश दिएपनि प्रहरीले खानलाई उपस्थित गराएको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.