विज्ञहरुको टिप्पणी: कुरामा क्रमभंग, सुशासनमा सुस्त !

१३ साउन ७५, सोमबार

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित सबै क्षेत्रमा सुशासन कायम राख्ने र आमूल परिवर्तन गर्ने बताउँदै आएका छन्। गठनको पाँच महिना पुग्दै गर्दा सरकारको कार्यशैली भने सुस्त देखिएको विज्ञहरूले टिप्पणी गरेका छन्।

Advertisement

सत्तारुढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि राजनीतिमा क्रमभंग शब्द प्रयोग गरिरहन्छन्। तर, नेकपा नेतृत्वको सरकारको पहिलो पाँच महिनाले क्रमभंग गरेको होइन, बरु परम्परावादी चरित्र नै देखाएको राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालको विश्लेषण छ।

‘बिहानीले नै दिनको संकेत गर्छ भनेझैं अहिलेको सरकारको गति हेर्दा यो नागरिकको घरदैलोमा पुग्न सकेको छैन’, प्राध्यापक खनालले भने, ‘प्रशासनयन्त्र र त्यसलाई डोर्‍याउने राजनीतिक नेतृत्व दुवै पक्ष परम्परावादी चरित्रमा रहेकाले क्रमभंग भन्नु शब्दजालका रूपमा मात्रै छ।’

Advertisement

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले विगतका परम्परा तोड्दै सबै क्षेत्रमा उल्लेख्य परिवर्तन र विकास हुने अर्थमा ‘क्रमभंग’ शब्द प्रयोग गरेको पाइन्छ। ओली प्रधानमन्त्री भएको ५ महिनामा समृद्धिको चर्चा धेरै भए पनि व्यवहारमा नागरिकले कुनै अनुभूति गर्न नपाएको सुशासनविद्हरूको भनाइ छ।

सुशासनविद् तथा पूर्वमहालेखा परीक्षक सुकदेव भट्टराई सरकारले सुरुमा जनतामा आशा जगाएको तर पछिल्ला दिनमा जनताका अपेक्षा बेवास्ता गरिएको बताउँछन्।,आजकोअन्नपुर्णपोष्टको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top