नेपाल र भारतका मुख्य प्रशिक्षक नै फाइनलमा उपस्थित हुन नपाउने

२९ असोज ७८, शनिबार

३० असोज, विराटनगर ।
साफ च्याम्पियनसिप २०२१ को फाइनल खेलमा नेपाल र भारत दुबै टोलीका प्रशिक्षक मैदानमा उपस्थित नहुने भएका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र भारतका मुख्य प्रशिक्षक इगोर स्टिमाचले फाइनल गुमाउने भएका हुन् । प्रतियोगिताका सबैभन्दा बढी सक्रिय यी दुई प्रशिक्षकले फाइनल गुमाउने हुँदा खेल प्रेमीहरू निराश बनेका छन् ।

यी दुबै प्रशिक्षक आक्रामक शैलीका लागि परिचित छन् । दुबै प्रशिक्षकले दुई पहेंलो कार्ड पाएका कारण फाइनल गुमाउने भएका हुन् । भारतका प्रशिक्षक स्टिमाचले माल्दिभ्सविरुद्धको खेलमा दुई पहेंलो कार्ड पाएका हुन् ।

एएफसीको अनुशासन नियमावली र साफ च्याम्पियसिपको नियमावलीमा लगातार दुई खेलमा दुई पहेंलो कार्ड पाएमा वा एकै खेलमा दुई पहेंलो कार्ड र रातो कार्ड पाएमा अर्को खेल गुमाउने उल्लेख छ ।

तर प्रशिक्षक अल्मुताइरीको हकमा भने प्रतिबन्ध न्यायोचित नरहेको चर्चा चलिरहेको छ । उनले दुई फरक खेलमा पहेंलो कार्ड पाएकाले साफको नियमावली अनुसार प्रतिबन्ध नलाग्ने तर्कहरू भैरहेका छन् ।

यसअघि यी दुबै प्रशिक्षक वाक्युद्धमा पनि व्यस्त भएका थिए । नेपाल–भारत बीचको खेलअघि प्रशिक्षक अल्मुताइरीले भारतीय प्रशिक्षकमाथि प्रश्न उठाएका थिए । तर खेलमा भारत विजयी भएपछि प्रशिक्षक स्टिमाचले अल्मुताइरीलाई मुखभरीको जवाफ लगाएका थिए ।

यी दुई प्रशिक्षकबाहेक नेपाली स्टार अञ्जन बिष्टले पनि फाइनल गुमाउने भएका छन् । अञ्जनले भारत र बंगलादेशविरुद्धको खेलमा पहेंलो कार्ड पाएका थिए । तर बंगलादेशविरुद्ध भने उनले नै पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई फाइनल पुर्‍याएका हुन् ।

यसैबीच नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) ले फाइनलका लागि आफूलाई प्रतिबन्ध गर्दै अन्याय गरेको बताएका छन् ।

साफले आफ्नो नियमावलीविपरित फाइनल खेलका लागि प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि उनले पत्रकार सम्मेलनमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् । ‘साफले अन्याय गरेको छ ।

यो मलाई व्यक्तिगत रिसइवी साँध्न साफले कारवाही गरेको भन्ने लाग्छ । तर यो कारवाही म व्यक्तिलाई नभएर राष्ट्रिय टोलीको प्रशिक्षकलाई हो, नेपाली फुटबलमाथि कारवाही भएको हो,’ उनले भने ।

नियमावलीमा उल्लेख नभएको कारण देखाउँदै आफूलाई कारवाही गरेकोमा साफको एकपक्षीय निर्णयप्रति उनी दुखि देखिए । ‘मलाई निकै दुख लागेको छ । साफले मलाई किन निशानामा राखेको छ ।

मलाई त रंगशालामा नै प्रवेश गर्न पनि नदिने भनिएको थियो, तर मैले आफ्नो अधिकारको लागि आवाज उठाएँ । मलाई किन यस्तो व्यवहार गरिएको छ बुझ्न सकेको छैन,’ उनले थपे ।

प्रशिक्षक अलमुताइरीले साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा समेत जाने बताएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top