भोलिदेखि मौसममा बद्ली हुने, ठूलो वर्षाको सम्भावना

३० असोज, काठमाडौं ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि मौसममा बद्ली हुने जनाएको छ । महाशाखाले शुक्रबार विशेष बुलेटिन निकालेर अहिले देशभर मौसम सफा रहेपनि भोलिदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको हो ।

हाल लुम्बिनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जानकारी दिएको छ । आज प्रदेश–१, प्रदेश–२, वाग्मति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने र अन्य भू–भागमा आंशिक बदली हुनेछ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाकाअनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले आज नेपालमा आंशिकदेखि सामान्य बदली हुने भएको हो ।

भोलिदेखि भने केही दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ । सँगै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित ठूलो वर्षाको समेत सम्भावना रहेको छ । महाशाखाले विशषेगरेर यात्रा तथा कृषि कार्य गर्दा सजक रहन आग्रह गरेको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top