×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

६० घण्टापछि निस्कियो दिसाबाट सुनको सिक्री

१४ श्रावण २०७५

विराटनगर, असार १४
विराटनगरमा सुनको सिक्री निलेका एक युवाले करिब ६० घण्टा पछि दिसाबाट सिक्रि निकालेका छन् । सुन किन्ने बहानामा विराटनगरस्थित राठी ज्वलरी हाउसबाट सुनको सिक्री निलेका इटहरी २ का सुरजकुमार नेपालले करिब ६० घण्टा पछि आइतवार बिहान सिक्री दिसा गरेका हुन् ।
चोरी गर्ने उदेश्यले सुन निलेको थाहा पाएपछि मोरङ प्रहरीले नेपाललाई शुक्रवार साझ पक्राउ गरेको थियो । पक्राउ लगतै प्रहरीले कोशी अञ्चल अस्पतालमा अबजरभेसनका लागि भर्ना गरेको थियो ।

अस्पतालका इमरजेन्सी इञ्चार्ज रघुनन्दन अधिकारीका अनुसार नेपालले बिहान ८ बजे सुनको सिक्री दिसा गरेका हुन् । प्रहरी टोली आलोपालो गरी नेपालको दिसा पर्खेर बसेको थियो ।

Advertisement
Advertisement

सुन निलेपछि प्रहरीले नेपाललाई कोशी अञ्चल अस्पतालमा भर्ना गरेपछि अस्पतालले उनलाई अब्जरभेसन वार्डमा राखेको थियो । सुन दिसा गरेपछि उनलाई आइतवार बिहान डिस्चार्ज गरिएको अधिकारीले जानकारी दिए ।

३१ बर्षिय नेपालले विराटनगर ९ स्थीत राठी ज्वेलरी हासबाट सिक्री किन्ने बाहनामा नक्कली सिक्री पसलेलाई बुझाएका थिए । नक्कली सुन बुझाएको भन्दै बिबाद बढेपछि पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

त्यस लगतै पुगेको प्रहरीले खानतलासी गर्दा नेपालको साथमा सिक्री नभेटेपछि निलेको आशंकामा अस्पताल पू¥याएर भिडियो एक्सरे गराएको थियो । एक्सरे गराउदा नेपालको पेटमा सिक्री रहेको पत्ता लागेपछि अस्पताल भर्ना गरिएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top