विराटनगर, साउन १४
केपी शर्मा ओली नेतृत्वको सरकार अभिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसका भातृसंगठन सडकमा उत्रिएका छन् । सरकार गठन भएको ५ महिना बितिसक्दा पनि जनजीविकाका मुद्दातर्फ सरकार केन्द्रित नभएको भन्दै उनीहरुले सोमबार मोटरसाइकल ¥याली निकाल्दै सडकमा उत्रिएका हुन् ।
सरकारका हरेक कार्यशैली जनविरोधी भएको भन्दै मोरङ कांग्रेसका भातृ संगठन सडकमा उत्रिएका हुन् । कांग्रेसले मंगलबार देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ ।
त्यसै पूर्वसन्ध्यामा नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, र नेपाल टे«ड युनियनले सोमबार विराटनगरमा मोटरसाइकल ¥याली निकालेका हुन् । हाटखोला खेलमैदानबाट निस्किएको ¥यालीले नगरका विभिन्न भागको परिक्रममा गरेको थियो ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने, संविधानअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेलगायतका माग राखेर कांग्रेसले सडक आन्दोलन सुरु गरेको हो ।
¥यालीपछि जनआन्दोलन चोकमा आयोजित कोणसभामा बक्ताहरुले सरकारलाई लोकतान्त्रिक मूल्य मान्यताअनुसार हिंडाउन आन्दोलन सुरु गरिएको बताए ।