×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

दैनिक ४०० मेगावाट विद्युत् खेर

५ कार्तिक २०७८

काठमाडौं: विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ । यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ । तर, विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युतलाई प्रयोगमा ल्याउने ठोस योजना नै छैन ।

साउन, भदौ र असोजमा रातको समय दैनिक ३ सय ५० देखि ४ सय मेगावाटसम्म (करिब साढे ७ अर्ब रुपैयाँ बराबर) विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । विद्युत्को उत्पादन बढे पनि आन्तरिक बजारमा खपतको मात्रा बढ्न सकेको छैन । बाह्य बजारमा निर्यात पनि हुन सकेको छैन । गत साउनबाट ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको थियो ।

Advertisement
Advertisement

हाल १ हजार ९ सय ७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। तर, खपत भने १ हजार ४ सय मेगावाटको हाराहारीमा मात्रै रहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । केही दिन यताको बाढी र पहिरोका कारण १ सय ५० मेगावाट विद्युत् भने राष्ट्रिय प्रसारणबाट विच्छेद भएको छ ।

साँझको समयमा विद्युत्को धेरै माग हुन्छ । रातको समयमा भने ८ सय मेगावाट मात्र माग हुने गरेको छ । यस कारण रातिको समयमा धेरै बिजुली खेर गइरहेको प्राधिकरण बताउँछ ।

प्राधिकरणले आन्तरिक खपत बढाउने र भारतमा निर्यात गर्ने योजनालाई पूर्णरूपमा कार्यान्वयन गर्न नसक्दा बिजुली खेर गइरहेको स्वतन्त्र ऊर्जा प्रवद्र्धक संस्था इप्पानका उपाध्यक्ष आशीष गर्ग बताउँछन्। ३ वर्षअघिदेखि नै उत्पादित विद्युत् खेर जानसक्ने भन्दै निजी ऊर्जा प्रवद्र्धकहरूले सचेत गराउँदै आएका थिए । तर, प्राधिकरणले वास्ता नगर्दा अहिले समस्या देखा परेको गर्ग बताउँछन् ।

‘माथिल्लो तामाकोसी जोडिएर विद्युत् खेर जान थालेपछि मात्र प्राधिकरण ब्यँुझिएको छ,’ उनले भने, ‘तत्काल न खपत बढ्न सक्छ, न निर्यात नै हुन सक्ने अवस्था छ ।’

प्राधिकरणले भारतको विहारमा केही बिजुली निर्यात गरिरहेको छ । विहार सरकारले दैनिक २ सयदेखि २ सय ५० मेगावाटसम्म विद्युत् किनिरहेको प्राधिकरण प्रवक्ता भट्टराई बताउँछन् । बर्खाको समयमा नेपालबाट विद्युत् दिने र हिउँदको समयमा भारतबाट ल्याउने गरी सहमति गर्न विहारसँग प्रस्ताव गरेको प्राधिकरण स्रोत बताउँछ । तर, विहार सरकारले त्यसबारे जवाफ दिएको छैन । विहारले अहिले नेपालबाट आवश्यकताअनुसार मात्र विद्युत् लिइरहेको छ ।

नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाका कारण वर्षायाममा नेपालमा विद्युत् उत्पादन धेरै हुने गरेको छ । हिउँदको समयमा एक तिहाइ मात्र उत्पादन हुने गरेको छ । बर्खायाम सकिन लागेकाले विद्युत् खेर जाने समस्या अब विस्तारै कम हुँदै जाने प्राधिकरण स्रोतको भनाइ छ । प्रायःजसो नोभेम्बर १५ बाट नदीहरूको सतह घट्न गई विद्युत् उत्पादन समेत घट्ने गर्छ ।

Advertisement

दक्षिण एसियाली ऊर्जा सम्मेलन सम्पन्न
दक्षिण एसियाली राष्ट्रहरूले ऊर्जाको समान वितरणका लागि सहकार्य गर्ने जनाएका छन् । दक्षिण एसियाली ऊर्जा सम्मेलनको बिहीबार भएको भर्चुअल बैठकमा सहभागीहरूले छिमेकी राष्ट्रहरूमा बढी भएको बिजुली खपत गर्न पूर्वाधार निर्माणका लागि नीतिगत पहल गर्नुपर्नेमा जोड दिएको इप्पानका उपाध्यक्ष गर्गले जानकारी दिए । भारतको विदेश मन्त्रालय, ऊर्जा मन्त्रालय तथा भारत उद्योग परिसंघको आयोजनामा बैठक भएको थियो ।,याे समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top