×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

कर्णालीमा ११ हजार पाँच सय हेक्टरको धान नष्ट

७ कार्तिक २०७८

७ कार्तिक, दैलेख ।

किसानले मानो रोपी फलाएको मुरी धान वर्षाले खेतमै नष्ट पा–यो । त्यही नष्ट पारेको धान पनि माटो खोस्रेर बिउ बनाउने आशमा किसानहरू बटुल्न थालेका छन् ।

Advertisement
Advertisement

गत आइतबारदेखि लगातार तीन दिन परेको अविरल वर्षातले नष्ट गरेको धानलाई माटो खोस्रेर भए पनि बिऊ बनाउने सोचमा रहेको किसानहरू बताउँछन् ।

त्यहीमध्येको वीरेन्द्रनगर–१० का मानबहादुर चौधरी पनि माटोमा मिसिएको धानलाई बटुल्दै थिए । मानो रोपेर फलाएको मुरी धान नष्ट हुँदा के खाने कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।

‘मानो रोपेर मुरी फलाउने सोचले वर्षभरि मिहेनेत गरेँ’, उनले भने, ‘तर, अहिले आएर खाने बेला मुखैमा ताला लाग्यो, अब कसरी परिवार पालौँ ?’

त्यस्तै पीडामा छट्पटाएका छन्, सोही ठाउँकै पे्रम पौडेल पनि । उनको पीडा पनि उस्तै छ । ‘पहिले १५ मुरी धान उत्पादन हुन्थ्यो । तर, अहिले १५ माना हुन पनि मुस्किल छ’, उनले भने, ‘वर्षभरि मेहेनत गरेँ । खाइनखाइ गरेर आठ कट्ठा जमिनमा धान रोपाईं गरियो । अहिले सबै वर्षातले नष्ट ग¥यो । वर्षभरिको मेहनत गरियो सबै खेर गयो ।’

वर्षभरि गर्नसम्म दुःख गर्दै मानो रोपेर मुरी फलाएको धानलाई बटुल्ने किसानका इच्छा यो वर्ष अधुरै रहने भएको छ । अघिल्लो आइतबारदेखि लगातार तीन दिनसम्म परेको अविरल वर्षाले काटेर सुकाएको धान उठाउन नपाउँदै भिजेर खेतमै उम्रिएको छ ।

लगातार तीन दिन परेको अविरल वर्षातले कर्णालीका दशवटै जिल्लामा असर गरेको छ । पानीले धान, कोदो, भटमास, केराउ लगायत अन्न भित्र्याउन नपाउँदै खेमै नष्ट भएको छ ।

कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार ४८ हजार हेक्टर क्षेत्रफलमध्ये ११ हजार पाँच सय हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ ।

सुुर्खेतमा दुुई हजार ५०० हेक्टर, दैलेखमाा एक हजार ५०० हेक्टर, कालीकोटमा एक हजार ११५ हेक्टर, मुुगुुमा एक हजार ३७५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ष्ट भएको छ ।

जुम्लामा ७०८ हेक्टर क्षेत्रफल, सल्यान दुुई हजार ७५८ हेक्टर, रुकुमपश्चिममा ६१० हेक्टर, जाजरकोट ७५३ हेक्टर र डोल्पामा १५० हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको कृषि विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक तथा वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले जानकारी दिए ।

उत्पादन घट्ने

पाकेको बालीमा भएको नोक्सानीले यो वर्ष धान उत्पादन घट्ने भएको छ । कर्णालीमा ३० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको यकिन विवरण आइनसकेपनि विगतका वर्षहरूको तुलनामा उत्पादनमा निकै कमि आउने कृषि विकास निर्देशनालयको आंकलन छ ।

विज्ञहरूका अनुसार काटेको धान भिज्दा दाग लाग्ने, कुट्दा चामल टुक्रिने र लामो समय भण्डारण गर्न नसकिने समस्या हुन्छ । खेतमा रहेको धानलाई अन्त खाली ठाउँ या ओत लाग्ने जग्गा भए निकालेर राख्न र जग्गा नभए खेतकै छेउमा ठूलो खाडल बनाएर पानी तर्काउन सकिने निर्देशनालयका बागवानी विकास अधिकृत तेजबहादुुर खनाल बताउँछन ।

ओस वा ढुसीले धानको गुणस्तरलाई असर गर्ने उनले बताए । कर्णालीका अधिकांश जिल्लाका किसानले कात्तिकमा पानी नपर्ने पुरानो अनुभवका कारण यतिबेला खेतमा धान काटेर सुकाएका थिए ।

यसैबेला परेको वर्षाले धान खेतमै डुबेको हो । निर्देशनालयका अनुसार कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, सल्यान र कालीकोटका विभिन्न स्थानमा धानबालीमा बढी क्षति पुगेकोे छ ।

पछिल्ला वर्षहरूमा उत्पादनमा केही सुधार भए पनि प्रदेशका ६ जिल्ला अझै खाद्यान्नमा परनिर्भर छन् । सुर्खेत, दैलेख, सल्यान र रुकुमपश्चिममा मात्र आवश्यक खाद्यान्न उत्पादन हुन्छ । जुम्ला, कालीकोट, जाजरकोट, डोल्पा, हुम्ला र मुगुमा न्यून खाद्यान्न उत्पादन हुने गरेको छ ।

यी जिल्लाले खाद्य संस्थानकै चामलमा भर पर्नुपर्ने बाध्यता छ । त्यहाँ बर्सेनि खाद्य संस्थानले सहुलियतको चामल आपूर्ति गर्दै आएको छ । कर्णालीमा वार्षिक झन्डै २३ हजार मेट्रिकटन खाद्यान्न अपुग हुने सरकारी तथ्यांक छ ।

कृषकलाई क्षतिपूर्तिको व्यवस्था

कर्णाली प्रदेश सरकारले कृषकलाई अन्नबालीको क्षतिपूर्ति व्यवस्था गर्ने भएको छ । प्रदेश विपद् व्यवस्थापन परिषदको बैठकले अप्रत्यासित वर्षातबाट अन्नबालीमा भएको क्षतिको यकिन विवरण संकलन गरि कृषकहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय गरेको हो ।

बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाढीपहिरो लगायतको विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई दुर्घटना बिमाबापतको रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top