रघुबिर महासेठको अनुमति कुर्दै इटहरी–बिराटनगर मोनोरेल

१६ साउन ७५, बिहीबार

काठमाडौं, साउन १७
निजी क्षेत्रको पहलमा इटहरी देखि बिराटनगरसम्म निर्माण गर्ने भनिएको मोनोरेल सम्बन्धी फाइल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेर अड्किएको छ । प्रारम्भिक अध्ययनका लागि प्रदेश सरकारले जेठ २१ गते नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लेखि पठाएको थियो । तर मन्त्री रघुबिर महासेठले अझै ठोस प्रतिक्रिया जनाएका छैनन् ।

Advertisement

‘प्रदेश सरकार मार्फत जेठ २१ गते प्रारम्भिक सर्भको लागि अनुमति मागेको थियो तर अझै कुनै प्रतिक्रिया आएको छैन्’, बिराट मोनोरेल इन्टरनेशनलका अध्यक्ष परमानन्द मेहताले विकासन्युजसँग भने । मेहताले प्रारम्भिक सर्भेका लागि अनुमति पाए लगत्तै काम थाल्ने तयारी भैसकेको पनि स्पष्ट पारे । ‘हामी अध्ययनका लागि तयारी अवस्थामा छौं, केन्द्र वा प्रदेश सरकारले कस्ले अनुमति दिने हो, चाँडो दिनु पर्यो भन्ने हाम्रो माग हो’, अध्यक्ष मेहताले भने ।

प्रदेश नम्बर एकका समाजिक विकास मन्त्री जीवन घिमिरेले केन्द्र सरकारको अनुमति आउन ढिला भएमा प्रदेश सरकारले नै अध्ययनको अनुमति दिने प्रतिवद्धता व्यक्त गरेको पनि मेहताले जानकारी दिए । भौतिक पूर्वाधार मन्त्रालय पुगेको फाइलबारे बुझ्न मन्त्री महासेठसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

Advertisement

इटरहीदेखि बिराटनगर जोड्ने ३५ किलोमिटर लामो मोनोरेल निर्माणका लागि गठन भएको कम्पनीमा ६ जना लगानी कर्ता छन् । उनीहरुले मोनोरेल निर्माणबारे संघिय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडालसँग पनि छलफल गरिसकेका छन् । प्रधानमन्त्री केपी ओलीसँग पनि भेटेर कुरा गर्ने प्रयास भैरहेको मेहताले बताए ।

२० अर्ब लगात पुर्वानुमान गरिएको मोनोेरेलका लागि केहि विदेशी लगानीकर्ताहरुले समेत चासो देखाईरहेका उनले बताए । उनीहरुले इटहरीदेखि बिराटनगरसम्मका सबै स्थानीय तहसँग अध्ययनका लागि अनुमति लिईसकेका छन् । काम सुरु गरेको ३ बर्ष्भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मोनोरेल डबल ट्रयाकको हुनेछ । त्यसमा ४ वटा डब्बा गुडाउन सकिनेछ भने मोनोरेल प्रतिघण्टा ५० देखि ७० किलोमिटरको स्पीडमा दौडन सक्नेछ ।
साभार : बिकास न्यूज डटकम

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top