ह्विलचेयरमा बसेर मानव तस्करी

८ कात्तिक ७८, मंगलबार

काठमाडौं: चिनजानका कमल बस्नेतमार्फत लमजुङकी २५ वर्षीया कल्पना गुरुङ (नाम परिवर्तन) बाग्लुङ गाल्कोट नगरपालिका– ४ का ४४ वर्षीय राजेन्द्र खड्काको सम्पर्कमा पुगिन् । कल्पना रोजगारीको खोजीमा थिइन्, राजेन्द्र आकर्षक तलबको अवसर आएको भन्दै विदेश पठाउने मान्छेको खोजीमा थिए ।

बेल्जियमस्थित होटेलमा जागिर खुलेको र एक–डेढ लाख कमाइ हुने प्रलोभन राजेन्द्रले कल्पनालाई देखाए । तर, नेपालबाट सीधै जान सम्भव नहुने भएकाले थाइल्यान्ड जानुपर्ने बताए । कल्पना राजी भइन् । आठ लाख ५४ हजार रुपैयाँ राजेन्द्रलाई बुझाइन् । अनि उनले भनेको एजेन्टसँग भैरहवा नाकाबाट भारतको कोलकाता हुँदै थाइल्यान्डको बैंकक पुगिन् ।

राजेन्द्रले भनेअनुसार बैंककबाट कम्बोडिया गइन् । तर, बेल्जियम जान सक्ने अवस्था बनेन । पुनः बैंकक फर्किइन् । राजेन्द्रलाई सम्पर्क गरिन् । बैंककमा राजेन्द्रको भव्य कोठा थियो । कल्पनालाई त्यहीं बस्ने भने । त्यहाँ उनका भारतीय बिजनेस पार्टनर पनि बस्थे । जहाँ उनी यौन शोषणमा परिन् । प्रतिकार गर्दा ज्यान मार्ने धम्की दिन्थे । आजित बनेकी उनी बेल्जियम जाने आसमा मलेसिया पुगिन् । तर, कागजपत्र नपुगेपछि त्यहाँ पनि अलपत्र परिन् । वर्ष दिनको हन्डरपछि अन्ततः भारतको कोलकाता हुँदै नेपाल फर्किन बाध्य भइन् । लगत्तै प्रहरीमा जाहेरी दिइन् ।

अनुसन्धानामा जुटेकी मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले भनिन्, ‘कल्पनाले वर्ष दिनमा इज्जत मात्रै होइन, आत्मविश्वास समेत गुमाइन् । उनी हामीकहाँ जाहेरी लिएर आउँदा विक्षिप्त अवस्थामा थिइन् ।’

कल्पनाकै जाहेरीका आधारमा प्रहरीले राजेन्द्रलाई पक्राउ गरेको छ । अपांगता भएका उनको कम्मरमुनिको भाग चल्दैन । ह्विलचियरमा हिँडडुल गर्ने राजेन्द्रको मानव तस्करी धन्दा र रवाफले अनुसन्धानमा संलग्न प्रहरी नै चकित छन् ।

‘उसको लन्च र डिनर काठमाडौंको तारे होटेलमा हुँदो रहेछ । यहाँ निजी घर नभएकाले होटेलकै कोठा भाडामा लिएर बस्दोरहेछ । भेटघाटका काम पनि होटेलमै गर्ने उसलाई भेट्न जोकोहीले नपाउने र अनुमति पाए पनि तीन तहको आन्तरिक सुरक्षा पार गर्नुपर्नेरहेछ । सुरक्षागार्ड नै राखेको रहेछ,’ ब्युरो प्रमुख सिंहले भनिन्, ‘यो लामो समयदेखि मानव तस्करमा संलग्न भएको देखिन्छ । क्यानडा र युरोपियन मुलुक लैजाने प्रलोभन दिन्छ । पीडितलाई मलेसिया, थाइल्यान्ड, कम्बोडियालगायत मुलुक लैजान्छ । ट्र्यापमा पारेर रकम असुल्छ । अनि अलपत्र पारेर छाडिदिन्छ । सोही धन्दाबाट आएको रकमले ऊ ऐयासी जीवन जिउने रहेछ ।’

राजेन्द्रले मानव बेचबिखन धन्दाबाटै आर्जन गरेको धनले बैंककमा ठूलो कपडा पसल सञ्चालन गरेको पनि अनुसन्धानमा खुलेको छ । बिजनेस भिसा लिएका उनी बिजनेस क्लासकै फ्लाइटमा काठमाडौं–बैंकक आउजाउ गर्ने गरेको सिंहले बताइन् । उनी तिलगंगास्थित वालिट इन होटेलबाट गत बिहीबार पक्राउ परेका हुन् ।

ब्युरोका अनुसार राजेन्द्रले क्यानडा लैजाने प्रलोभनमा महेन्द्र दवाडी र विमल थापालाई पनि ठगेको खुलेको छ । दवाडीसँग ३५ लाख र थापासँग १८ लाख रुपैयाँ लिएका थिए । उनीहरूलाई मलेसिया पुर्‍याएर अलपत्र पारेका थिए । यस्ता अन्य व्यक्तिलाई पनि विदेश लगेर अलपत्र पारेको सूचना आएको ब्युरो प्रमुख सिंहले बताइन् ।

‘पीडितको बयान सुन्दा यसले धेरैलाई विदेश लगेर अलपत्र छाडेको सूचना आएको छ । जाहेरी संकलन हुँदै छन् । पीडितको संख्या बढ्दै छ । अनुसन्धान बाँकी नै रहेकोे हुँदा थप तथ्य खुल्दै जालान्,’ एसएसपी सिंहले भनिन् ।

कैद गर्न अपांगमैत्री हिरासत नहुँदा अस्पतालमा राखियो
कम्मरमुनिको भाग नचल्ने भएकाले राजेन्द्र ह्विलचियरको सहायताले मात्रै हिंडडुल गर्न सक्छन् । नित्यकर्मका लागि उनलाई अपांगमैत्री ट्वाइलेट, बाथरुम, बेडरुम, खाना खाने ठाउँ आवश्यक पर्छ । तर, प्रहरीको कुनै पनि हिरासत कक्षमा त्यस्तो सुविधा छैन । त्यसैले ब्युरोले उनलाई महाराजगन्जस्थित प्रहरी अस्पतालमा लगेर राखेको छ ।

‘हामीकहाँ कुनै पनि हिरासत कक्ष अपांगमैत्री छैन । त्यसैले उसलाई राख्न निकै समस्या आइलाग्यो । अन्ततः प्रहरी अस्पतालमा लगेर राख्ने सल्लाह भएपछि त्यसै गरेका छौं’, एसएसपी सिंहले भनिन् ।

तारे होटेलमा ऐयासी जीवन जिएर मानव तस्करी गरेको रहेछ : एसएसपी दुर्गा सिंह, प्रमुख, मानव बेचबिखन अनुसन्धान ब्युरो
उसको लन्च र डिनर काठमाडौंको तारे होटेलमा हुँदोरहेछ । होटेलकै कोठा भाडामा लिएर बस्दोरहेछ । भेटघाटका काम पनि होटेलमै गर्ने उसलाई भेट्न जोकोहीले नपाउने र अनुमति पाए पनि तीन तहको आन्तरिक सुरक्षा पार गर्नुपर्नेरहेछ । सुरक्षागार्ड नै राखेको रहेछ ।

यो लामो समयदेखि मानव तस्करमा संलग्न भएको देखिन्छ । क्यानडा र युरोपियन मुलुक लैजाने प्रलोभन दिन्छ । पीडितलाई मलेसिया, थाइल्यान्ड, कम्बोडियालगायत मुलुक लैजान्छ । ट्रयापमा पारेर रकम असुल्छ । अनि अलपत्र पारेर छाडिदिन्छ । सोही धन्दाबाट आएको रकमले ऊ ऐयासी जीवन जिउने रहेछ ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top