×

NEPAL TIMES UPDATES

Playing
अन्तरिम सरकारको कार्यभार पूरा, सबैलाई धन्यवाद— प्रधानमन्त्री Sushila Karki को अन्तिम सम्बोधन|
Mar 26, 2026
Playing
बालेनको छातीले तान्यो सबैको ध्यान, के हो ‘सिलाम साक्मा’ ? || Nepal Times
Mar 26, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-12-2082 || Nepal Times
Mar 26, 2026
Playing
इरानमाथि ’अन्तिम आक्रमण’को तयारी, ४ विकल्प विचाराधीन|| Nepal Times
Mar 26, 2026
Playing
भारतले काठमाडौं ल्याउने रेलको नक्सा कोर्याे, चीनको पेन्डिङ|| Nepal Times
Mar 26, 2026
Playing
इजरेल–इरान द्वन्द्वले बंकरभित्र नेपाली श्रमिकको जीवन || Nepal Times
Mar 26, 2026
Playing
बालेन्द्र दलको नेतामा सर्वसम्मत, रविको प्रस्ताव, प्रधानमन्त्री बन्न सबै बाटो खुल्यो || Nepal Times
Mar 26, 2026
Playing
१० वर्ष जेलको सिफारिस भएपछि ओलीले भने भद्दा नाटक || Nepal Times
Mar 26, 2026
Playing
इरानी नौसेना प्रमुख अलिरेजा ताङसिरी मा*रि*ए || Nepal Times
Mar 26, 2026
Playing
World News: कुवेत, बहराइन र यूएईमा ह*म*ला,मादुरो अदालतमा, विश्वभर उर्जा संकट || Nepal Times
Mar 26, 2026

गाउँ फर्किनेलाई एक लाख अनुदान, बत्ती-पानी निस्शुल्क

९ कार्तिक २०७८

९ कार्तिक, पोखरा ।

तनहुँको ऋषिङ एक समय निकै चर्चित थियो । श्रृंग ऋषिले तपस्या गरेको भूमि भएकोले यसको नाम ऋषिङ रहेको धार्मिक कथन छ ।

Advertisement

पोखराबाट १ घण्टाकै दूरीमा ऋषिङ पुग्न सकिन्छ । तर बाटो, बिजुली र पानी जस्ता पूर्वाधार नभएका कारण सहरबाट नजिक भएर पनि ऋषिङ विकट जस्तै बनेको छ ।

बालबच्चाको शिक्षा र रोजगारीका लागि गाउँलेहरूले गाउँ छोड्दै गए । राम्जाकोट, पुरानो ऋषिङ, भीरकोटलगायत बस्तीहरू निकै पातलो भइसक्यो । त्यहाँका अधिकांश नागरिक चितवन सरेका छन् । कोही दमौली र भीमादमा पनि छन् । गाउँका जमिन बाँझै छन् । अधिकांश पुराना बस्तीमा जंगल बढेको छ ।

अहिले सहरको अधिकांश विकास गाउँ उक्लिएको छ । गाउँमै सरकार छ । बाटो, बत्ती, पानी समस्या छैन । स्वास्थ्य चौकी स्तरीय बनिरहेका छन् । तर, सरकार चलाउन नागरिक छैनन् ।

सरकारी विद्यालय विद्यार्थी नभएर बन्द हुने अवस्थामा छन् । सरकारले पठाएका अनुदानसमेत उपभोग गर्नेहरू नभएर फिर्ता जान्छ । त्यसैले ऋषिङले बसाइँ सरेर गएका गाउँका नागरिकलाई फर्काउन विशेष कार्यक्रम ल्याएको छ ।

चालू आर्थिक वर्षदेखि सहरबाट गाउँ फर्किनेलाई घर बनाउन एक लाख अनुदान दिने निर्णय गरिएको छ । १०औं गाउँसभाको निर्णयले अनुदानको घोषणा गरेपछि त्यसलाई कार्यान्वयन सुरु गरिएको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

‘पहिले दुर्गम भएकोले मान्छेहरू बाहिर गए । बाहिर गए पनि उनीहरूसँग उता घरजग्गा छैन । ऋषिङमा पनि घरजग्गा नभएकाहरू गाउँ आउँछन् भने रकम दिने सभाले निर्णय गरेको छ,’

उनले भने, ‘देख्दा सामान्य लागे पनि यो निर्णय हाम्रा लागि महत्त्वपूर्ण छ । गाउँमा विकास आयो तर विकास उपभोग गर्ने नागरिक नै छैनन् भने त्यसको के काम ?’

चालू वर्षमा १५ घर फर्किने पालिकाको अनुमान छ । सोही अनुसार १५ लाख विनियोजन गरेर कार्यक्रम अघि बढाइएको श्रेष्ठले बताए । तर अनुमान भन्दा बढी आए पनि रकम व्यवस्थापन गर्ने उनको भनाई छ । विशेषगरी वैदेशिक रोजगारीले गाउँबाट बसाइँ सह्राइ गर्नेहरू बढी रहेका श्रेष्ठले जानकारी दिए ।

‘श्रीमान् विदेश गएर पैसा कमाउन थालेपछि बालबच्चा पढाउन श्रीमतीहरू सहर झरे । त्यो बेला बाध्यता थियो । तर अहिले गाउँमै शिक्षा, स्वास्थ्यको राम्रो व्यवस्था छ,’ उनले अघि भने, ‘अब सहर बस्नुपर्दैन । रोजगारी पनि गाउँमै छ । २–४ हजार कमाउन गाउँ छोड्नु पर्दैन ।’

घर बनाउन आवश्यक जग्गा भने व्यक्तिले किन्नुपर्छ । त्यसको सहजीकरण पालिकाले गरिदिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले जानकारी दिए । ‘जग्गा उहाँहरूले किन्नुहुन्छ । तर आवश्यक परे सहजीकरण सरकारले गर्छ,’ उनले भने, ‘घर बनाएपछि बत्ती, पानी जस्ता सुविधा निःशुल्क उपलब्ध गराउने योजना छ ।’ उनका अनुसार गाउँको आकर्षण बढाउन थप योजना आउँदै छ । पुसमा बस्ने गाउँसभाबाट ऋषिङ फर्किने अन्यलाई पनि राहत स्वरूप अनुदान व्यवस्था गर्न लागिएको उनले सुनाए ।

Advertisement

यसरी गाउँ फर्किनेलाई लक्षित गरेर व्यावसायिक कृषि कार्यक्रम ल्याएको छ । सोही बैठकले जोखिमयुक्त क्षेत्रको बस्ती स्थानान्तरणका लागि थप अनुदान दिने निर्णय गरेको छ । क्षति हेरेर ६० हजारसम्म अनुदान दिइने पौडेलले जानकारी दिए ।

भर्खरको समाचार

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

सम्बन्धित खबरहरु

Scroll to Top