संसद्काे चालु अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

संसद्काे चालु अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

११ कात्तिक, काठमाडौँ ।

सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठले संघीय संसद्को अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपतिकहाँ सिफारिस गर्न लागेको जनाइएकाे छ ।

प्रतिनिधिसभाको नवौं र राष्ट्रिय सभाको दशौं अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गर्न लागिएको एक मन्त्रीले बताए। उनले भने, ‘आज बस्ने मन्त्रिपरिषद्को बैठकमा संघीय संसद्को अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने प्रस्ताव छ ।’

संसद्को चालू अधिवेशन भदौ २३ गते आह्वान गरिएको थियो । राष्ट्रिय सभा र प्रतिनिधिसभामा एमालेले सुरुदेखि नै लगातार अवरोध गरिरहेकाे छ ।

एमालेको अवरोधका बीच संघीय संसद्को चालू अधिवेशनले बजेट पारित गरेको थियो । बजेट पारित गर्नुका अलवा संसद्ले अन्य काम भने गर्न सकेन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.