ग्वाटेमालाका पूर्वराष्ट्रपति पक्राउ, भ्रष्टाचार गरेको आरोप

१८ साउन ७५, शनिबार

ग्वाटेमाला सिटी, साउन १९
ग्वाटेमालाका पूर्वराष्ट्रपति एल्भारो कोलोमलाई शुक्रबार पक्राउ गरिएको छ ।भ्रष्टाचार गरेको अभियोगमा उनलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

हड्डीको दुखाइसम्वन्धी समस्याबाट पीडित भएका कोलोमलाई शुक्रबार राती पक्राउ गरिएको हो । उनी अहिले ६६ वर्षको भएका छन् ।उनलाई गत फेब्रुअरीमै भ्रष्टाचार गरेको अभियोग लगाइएको थियो । सेनाको नियन्त्रणमा रहेको कारागारमा उनलाई राखिएको छ ।

उनीसँगै सन् २००८ देखि २०१२ सम्म सरकारमा रहेका अन्य दश जनालाई पनि उही आरोप लगाइएको छ ।उनीहरुलाई पक्राउ गरेर कारागारमा राखिएकोमा अधिकांशलाई जमानतमा रिहा गरिएको अधिकारीले बताएका छन् । उनीहरुलाई भने गत फेब्रुअरीमै पक्राउ गरिएको थियो ।

Advertisement

कोलोमसँगै एउटै मुद्दामा पक्राउ पर्नेमध्ये एक जना पूर्वअर्थमन्त्री जोन आल्बेर्टो फोन्टेस नाइट र अक्सफाम इन्टरनेशनलका अध्यक्ष पनि छन् ।सार्वजनिक श्रोत, साधन र सम्पत्तिको दुरुपयोग गरेको अभियोग लागेका उनीहरु सबैको अनुसन्धान भइरहेको बताइएको छ ।
रासस/एएफपी

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top