विराटनगर,साउन १९
बलात्कारीलाई फाँसीको माग गर्दै विराटनगरका युवाले ¥याली निकालेका छन् ।
स्थानीय ट्राफिकचोकबाट निकालिएको ¥यालीले बजार परिक्रमा गरेको छ । ¥यालीले बुधहाट, जल्जलाचोकबाट मेनरोड हुँदै नगरक्षेत्रका विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय चोकमा पुगेर समापन भएको थियो ।
¥यालीका सहभागीले महिला हिंसा रोक्न तथा बलात्कारीलाई फाँसी दिनुपर्ने माग गर्दै नारा लगाएका थिए । विराटनगर जुनियर जेसीज, बीईंग नेपाली, हामी युवा, नयाँ पाइला, लियो क्लब र पहिलो पाइलाको संयुक्त आयोजनामा ¥याली निकालिएको हो ।
महिला हिंसा बढेको र बलात्कारका घटनाहरुमा समेत वृद्धि भएका कारण त्यसलाई रोक्न खबरदारी गर्ने उद्देश्यले विभिन्न संस्था र समूहमा आबद्ध युवाको अगुवाईमा ¥याली आयोजना गरिएको विराटनगर जुनियर जेसीसका अध्यक्ष मिलाप कर्णले जानकारी दिए ।