च्याम्पियन्स लिग: म्यानचेस्टर सिटीको जित, पीएसजी बराबरीमा रोकियो

१७ कात्तिक ७८, बिहीबार

१८ कात्तिक, एजेन्सी।

युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’ को खेलमा म्यानचेस्टर सिटीले जित हात पार्दा पेरिस सेण्ड जर्मेन (पीएसजी) भने बराबरीमा रोकिएको छ ।

बुधबार राति भएको फरक खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले बेल्जियम शीर्ष क्लब ब्रुगलाई ४–१ गोल अन्तरले पराजित गर्दै शीर्षस्थानमा पुगेको हो ।

Advertisement

घरेलु मैदान इतिहादमा सिटीलाई जित दिलाउन फिल फोडेन, रियाद माहरेज, रहिम स्टर्लिङ र गाब्रियल जेसुसले एक एक गोल गरे । सिटीकै जोन स्टोनिसले आत्मघाती गोल गरे ।

यता, समूह ‘ए’ कै अर्काे खेलमा स्पेनिस क्लब बार्सिलोना जर्मन बुण्डेसलिगा आरबी लाईपजिगसँग २–२ को बराबरीमा रोकियो । स्टार खेलाडी लियोनल मेस्सी बिना मैदान उत्रिएको पीएसजी २–१ को अग्रता जोगाउन नसक्दा अन्तिम समयमा बराबरीमा रोकियो । पीएसजीको लागि जर्जिनिओ विज्नाल्डुमले दुई गोल गरे । यता, लाईपजिगको लागि क्रिस्टोफर नकुन्कु र डोमिनिक सजोबोक्जिअलले पेनाल्टी गोल गरे ।

Advertisement

खेलसँगै समूह ‘ए’ मा सिटी ४ खेलबाट ९ अंक सहित शीर्षस्थानमा छ । २ जित र २ बराबर सहित अपराजित रहेको पीएसजी ८ अंकका साथ दोस्रो स्थानमा छ । यता, ४ अंक जोडेको क्लब ब्रग तेस्रो स्थानमा रहँदा एक अंक जोडेको लाईपजित पुछारमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top