NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण बुधबार असार १८ , २०८२
इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ? बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

प्रचण्डले जीपलाइन खेलेपछि धुलिखेलमा ‘पर्यटक भरिभराउ’

शुक्रबार कार्तिक १९ , २०७८
Reading Time: 1 min read
A A
Advertisement
प्रचण्डले जीपलाइन खेलेपछि धुलिखेलमा ‘पर्यटक भरिभराउ’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ कार्तिक, काभ्रेपलाञ्चोक ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यही कात्तिक पहिलो हप्ता धुलिखेलमा रहेको साहसिक खेल ‘जीपलाइन’ मा रमाए।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्ड जीपलाइनमा जत्ति रमाए, त्यसको दोब्बर खुसी खेलका सञ्चालकहरूमा देखिएका छन् । कारण थियो, कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सङ्कटमा परेको पर्यटन क्षेत्रमा एकाएक तरङ्ग पैदा भइदिनु ।

आरामका लागि परिवारसहित सिन्धुपाल्चोकको सुकुटे गएर बस्नुभएका अध्यक्ष प्रचण्ड भोलिपल्ट फर्कँदा काभ्रेपलाञ्चोकको पर्यटकीय धुलिखेलमा रहेको जीपलाइन खेलमा रमाएका थिए । उनको जीपलाइन खेलले धुलिखेलको पर्यटन क्षेत्रमा तरङ्ग नै पैदा भएको देखिएको छ ।

Advertisement

त्यति बेला अध्यक्ष प्रचण्डले जीपलाइन खेलपछि आफूलाई ‘निकै रमाइलो महसुस’ भएको प्रतिक्रियासमेत दिएका थिए । अहिले जीपलाइन खेल्न पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । यसले धुलिखेलमा साहसिक खेल जीपलाइन छ भन्ने सन्देश पनि दिएको छ ।

‘पूर्वप्रधानमन्त्री प्रचण्डले जीपलाइन चढेपछि यसमा चढ्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ, धुलिखेलमा जीपलाइन खेल छ भन्ने सन्देश पनि गएको छ’ , वर्ल्ड वाइड एड्भेन्चर प्रालिका अध्यक्ष केदार थापाले भने ।

उनका अनुसार त्यस दिन अध्यक्ष प्रचण्ड स्वतःस्फूर्त जीपलाइन खेल्न स्टेशन आएका हुन् । जीपलाइनको ‘टेकअफ’ धुलिखेल नगरपालिका–८ थाक्लेडाँडादेखि ‘ल्यान्डिङ स्टेशन’ पाँचखाल नगरपालिका ५ मा रहेको खावासम्म एक हजार एक सय मिटर लम्बाइको छ । विसं २०७५ को अन्त्यबाट सञ्चालनमा आएको जीपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) तीन प्रकारको खेल्न पाइन्छ ।

जीपलाइन खेलले मात्रै एक दिनको धुलिखेल घुमाइ नसकिने भएकाले पर्यटकीय देवीस्थान र गोसाइँस्थान डाँडामा रमाउनु आन्तरिक पर्यटकको तालिका नै बन्ने गरेको पाइन्छ ।

‘अहिलेका बिदामा साथीहरू मिलेर जीपलाइन जाने र धुलिखेलका डाँडा घुम्ने गर्छौँ’, भक्तपुरका अनिष थापाले भने। धुलिखेलको पर्यटनमा चाडपर्वले पनि चहलपहल बढाएको पाइएको छ । विषेशगरी भक्तपुर, काठमाण्डौ, ललितपुर र नुवाकोटबाट धुलिखेलमा आन्तरिक पर्यटक आउने गरेको जनाइएको छ ।

त्यसो त गएको भदौ दोस्रो हप्तादेखि कोरोना सङ्क्रमण दर ओरालो लाग्दै गर्दा धुलिखेलमा रहेको होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तङ्ग्रनेमा निकै खुसी लाग्दै आएको छ । त्यसयता होटलमा शुक्रवार र शनिवार चहलपहल बढ्दै बितेको एक महिनामा दैनिक आन्तरिक पर्यटकको आउजाउ पनि हुन थालेको उनले बताए ।

उनले भने, ‘भदौयता कार्यक्रमका बुकिङसँगै दैकिजसो आन्तरिक पर्यटक आउन थालेका छन् ।’ चाडपर्वले पर्यटनमा थप चहलपहल बढेको हुन सक्ने उनको तर्क छ ।

प्रक्षेपण गरिएअनुसार कोरोनाको तेस्रो लहर आउला–नआउला तर, कोरोना सङ्क्रमण दर सङ्ख्या निकै ओरालो लागेपछि अहिले धुलिखेलमा होटल–पर्यटन तङ्ग्रने सुरसारमा रहेको देखिन्छ ।

‘अब व्यवसायले रूप फेर्लाझैँ आशा जागेको छ, कोरोना तेस्रो लहरको चिन्ता पनि उत्तिकै त छ तर, अहिले होटल–पर्यटन सहज बन्दै गएको छ’, उनले भने। पचास शय्याको क्षमतामा रहेका होटल सारथीले विभिन्न छुटसहितका प्याकेज कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

कोरोनाका दुई वटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा बेहोर्न बाध्य बनाइरहेका बेला फेरि तेस्रो लहरको महामारी प्रक्षेपण हुने खतरा बढेको धुलिखेलका होटल व्यवसायी बताउँछन् । यद्यपि, व्यवसाय लयमा फर्कनेबारे थप चिन्ताको भारी नबोकाएको भने हैन ।

कोरोनाको जोखिमपछि अहिले फेरि बामे सर्दै गरेका होटल अब बन्द गर्न नपर्ने अपेक्षा गरेको क्षेत्रीय होटल सङ्घ (हान) का अध्यक्ष प्रेमकण्ठ माकजू श्रेष्ठले बताए । ‘अब सङ्क्रमण दर निकै घटेर होटल–पर्यटन व्यवसाय लयमा फर्कने भएपछि हामी निकै खुसी छौँ’, धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहनुभएका श्रेष्ठले भने ।

दैनिक दुई सयका हाराहारीमा उनको रिसोर्टमा आन्तरिकरबाह्य पर्यटक आउने गरेकामा कोरोनाको दोस्रो लहर वैशाखपछि साउनसम्म शून्यमै झरेको थियो । उनले भने, अहिले दिनानुदिन आन्तरिक पर्यटक बढ्दैछन्, अब विदेशी पर्यटकको पर्खाइमा छौँ । उनका अनुसार अध्यक्ष प्रचण्डले जीपलाइन खेल्दा धुलिखेलको पर्यटनको सान बढ्दै गएको छ ।

गएको वर्षको कोरोना त्रासपछि आन्तरिक एवम् बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन कोरोनाको दोस्रो लहरले निकै प्रभावित बन्यो धुलिखेलमा ठूला–साना गरी झन्डै ६० होटलमा एक हजार शय्या क्षमता छन् ।

धुलिखेलको होटल–पर्यटनमा मात्रै झन्डै ५० अर्ब रुपैयाँको लगानी रहेको सङ्घले जनाएको छ । यहाँ झन्डै तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कोभिड–१९ का कारण पर्यटन क्षेत्रले बेहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले गएको भदौ महिनामा विशेष तीन प्याकेजसमेत घोषणा गर्नुपरेको थियो । गएको वर्ष कोरोना भाइरस सङ्क्रमण दर घट्दा होटल–पर्यटनमा बढेको चहलपहलको आभाष यो वर्ष पनि भएको हानका सचिव ज्योत्स्ना सैँजूले बताइन ।

‘दोस्रो लहरपछि फेरि अहिले आन्तरिक पर्यटक बढ्दै गएका छन्, सरकारी खोप अभियानका कारण लयमा फर्कने अपेक्षाकृत छौँ’, होटल माउन्ट प्रिन्सेस्का सञ्चालकसमेत रहनुभएका सैँजूले भनिन् ।

पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाण्डौबाट ३० किलोमिटरको दुरीमा रहेको छ । धुलिखेल काठमाण्डौबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकका साथै काठमाण्डौ, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दछन् । (रासस)

लोकप्रीय

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन
ताजा समाचार

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.