×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026
Playing
’अपरे शन सेफ्टी काठमाडौं’ः काठमाडौंबाट १९५ जना पक्रा उ#arrest #nepal #police|| Nepal Times
Apr 04, 2026
Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026

प्रचण्डले जीपलाइन खेलेपछि धुलिखेलमा ‘पर्यटक भरिभराउ’

१९ कार्तिक २०७८

१९ कार्तिक, काभ्रेपलाञ्चोक ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यही कात्तिक पहिलो हप्ता धुलिखेलमा रहेको साहसिक खेल ‘जीपलाइन’ मा रमाए।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्ड जीपलाइनमा जत्ति रमाए, त्यसको दोब्बर खुसी खेलका सञ्चालकहरूमा देखिएका छन् । कारण थियो, कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सङ्कटमा परेको पर्यटन क्षेत्रमा एकाएक तरङ्ग पैदा भइदिनु ।

Advertisement

आरामका लागि परिवारसहित सिन्धुपाल्चोकको सुकुटे गएर बस्नुभएका अध्यक्ष प्रचण्ड भोलिपल्ट फर्कँदा काभ्रेपलाञ्चोकको पर्यटकीय धुलिखेलमा रहेको जीपलाइन खेलमा रमाएका थिए । उनको जीपलाइन खेलले धुलिखेलको पर्यटन क्षेत्रमा तरङ्ग नै पैदा भएको देखिएको छ ।

त्यति बेला अध्यक्ष प्रचण्डले जीपलाइन खेलपछि आफूलाई ‘निकै रमाइलो महसुस’ भएको प्रतिक्रियासमेत दिएका थिए । अहिले जीपलाइन खेल्न पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । यसले धुलिखेलमा साहसिक खेल जीपलाइन छ भन्ने सन्देश पनि दिएको छ ।

‘पूर्वप्रधानमन्त्री प्रचण्डले जीपलाइन चढेपछि यसमा चढ्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ, धुलिखेलमा जीपलाइन खेल छ भन्ने सन्देश पनि गएको छ’ , वर्ल्ड वाइड एड्भेन्चर प्रालिका अध्यक्ष केदार थापाले भने ।

उनका अनुसार त्यस दिन अध्यक्ष प्रचण्ड स्वतःस्फूर्त जीपलाइन खेल्न स्टेशन आएका हुन् । जीपलाइनको ‘टेकअफ’ धुलिखेल नगरपालिका–८ थाक्लेडाँडादेखि ‘ल्यान्डिङ स्टेशन’ पाँचखाल नगरपालिका ५ मा रहेको खावासम्म एक हजार एक सय मिटर लम्बाइको छ । विसं २०७५ को अन्त्यबाट सञ्चालनमा आएको जीपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) तीन प्रकारको खेल्न पाइन्छ ।

जीपलाइन खेलले मात्रै एक दिनको धुलिखेल घुमाइ नसकिने भएकाले पर्यटकीय देवीस्थान र गोसाइँस्थान डाँडामा रमाउनु आन्तरिक पर्यटकको तालिका नै बन्ने गरेको पाइन्छ ।

‘अहिलेका बिदामा साथीहरू मिलेर जीपलाइन जाने र धुलिखेलका डाँडा घुम्ने गर्छौँ’, भक्तपुरका अनिष थापाले भने। धुलिखेलको पर्यटनमा चाडपर्वले पनि चहलपहल बढाएको पाइएको छ । विषेशगरी भक्तपुर, काठमाण्डौ, ललितपुर र नुवाकोटबाट धुलिखेलमा आन्तरिक पर्यटक आउने गरेको जनाइएको छ ।

त्यसो त गएको भदौ दोस्रो हप्तादेखि कोरोना सङ्क्रमण दर ओरालो लाग्दै गर्दा धुलिखेलमा रहेको होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तङ्ग्रनेमा निकै खुसी लाग्दै आएको छ । त्यसयता होटलमा शुक्रवार र शनिवार चहलपहल बढ्दै बितेको एक महिनामा दैनिक आन्तरिक पर्यटकको आउजाउ पनि हुन थालेको उनले बताए ।

उनले भने, ‘भदौयता कार्यक्रमका बुकिङसँगै दैकिजसो आन्तरिक पर्यटक आउन थालेका छन् ।’ चाडपर्वले पर्यटनमा थप चहलपहल बढेको हुन सक्ने उनको तर्क छ ।

प्रक्षेपण गरिएअनुसार कोरोनाको तेस्रो लहर आउला–नआउला तर, कोरोना सङ्क्रमण दर सङ्ख्या निकै ओरालो लागेपछि अहिले धुलिखेलमा होटल–पर्यटन तङ्ग्रने सुरसारमा रहेको देखिन्छ ।

‘अब व्यवसायले रूप फेर्लाझैँ आशा जागेको छ, कोरोना तेस्रो लहरको चिन्ता पनि उत्तिकै त छ तर, अहिले होटल–पर्यटन सहज बन्दै गएको छ’, उनले भने। पचास शय्याको क्षमतामा रहेका होटल सारथीले विभिन्न छुटसहितका प्याकेज कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

कोरोनाका दुई वटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा बेहोर्न बाध्य बनाइरहेका बेला फेरि तेस्रो लहरको महामारी प्रक्षेपण हुने खतरा बढेको धुलिखेलका होटल व्यवसायी बताउँछन् । यद्यपि, व्यवसाय लयमा फर्कनेबारे थप चिन्ताको भारी नबोकाएको भने हैन ।

कोरोनाको जोखिमपछि अहिले फेरि बामे सर्दै गरेका होटल अब बन्द गर्न नपर्ने अपेक्षा गरेको क्षेत्रीय होटल सङ्घ (हान) का अध्यक्ष प्रेमकण्ठ माकजू श्रेष्ठले बताए । ‘अब सङ्क्रमण दर निकै घटेर होटल–पर्यटन व्यवसाय लयमा फर्कने भएपछि हामी निकै खुसी छौँ’, धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहनुभएका श्रेष्ठले भने ।

दैनिक दुई सयका हाराहारीमा उनको रिसोर्टमा आन्तरिकरबाह्य पर्यटक आउने गरेकामा कोरोनाको दोस्रो लहर वैशाखपछि साउनसम्म शून्यमै झरेको थियो । उनले भने, अहिले दिनानुदिन आन्तरिक पर्यटक बढ्दैछन्, अब विदेशी पर्यटकको पर्खाइमा छौँ । उनका अनुसार अध्यक्ष प्रचण्डले जीपलाइन खेल्दा धुलिखेलको पर्यटनको सान बढ्दै गएको छ ।

गएको वर्षको कोरोना त्रासपछि आन्तरिक एवम् बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन कोरोनाको दोस्रो लहरले निकै प्रभावित बन्यो धुलिखेलमा ठूला–साना गरी झन्डै ६० होटलमा एक हजार शय्या क्षमता छन् ।

धुलिखेलको होटल–पर्यटनमा मात्रै झन्डै ५० अर्ब रुपैयाँको लगानी रहेको सङ्घले जनाएको छ । यहाँ झन्डै तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कोभिड–१९ का कारण पर्यटन क्षेत्रले बेहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले गएको भदौ महिनामा विशेष तीन प्याकेजसमेत घोषणा गर्नुपरेको थियो । गएको वर्ष कोरोना भाइरस सङ्क्रमण दर घट्दा होटल–पर्यटनमा बढेको चहलपहलको आभाष यो वर्ष पनि भएको हानका सचिव ज्योत्स्ना सैँजूले बताइन ।

‘दोस्रो लहरपछि फेरि अहिले आन्तरिक पर्यटक बढ्दै गएका छन्, सरकारी खोप अभियानका कारण लयमा फर्कने अपेक्षाकृत छौँ’, होटल माउन्ट प्रिन्सेस्का सञ्चालकसमेत रहनुभएका सैँजूले भनिन् ।

Advertisement

पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाण्डौबाट ३० किलोमिटरको दुरीमा रहेको छ । धुलिखेल काठमाण्डौबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकका साथै काठमाण्डौ, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दछन् । (रासस)

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top