विराटनगर,साउन २१
जिल्ला प्रशासन कार्यालय मोरङमा भर्खरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पत्रकारसंग परिचयात्मक कार्यक्रम गरेका छन ।
बिहीबारबाट जिल्ला प्रशासन कार्यालय मोरङको कार्यभार सम्हालेका केसीले आज दिउसो पत्रकारसंग परिचयात्मक कार्यक्रम गरेका हुन । सो क्रममा बोल्दै उनले राज्यले जनताकालागि प्रवाहगर्ने सेवालाई सहज र गुणस्तरियरुपमा प्रवाह गर्ने बताए ।
उनले मोरङ जिल्लाको शान्ति सुरक्षा थप सुदृढ बनाउदै महिला हिंसा अन्य प्रकारका हिंसा न्युनिकरणको प्रयास गरिने समेत बताए । विराटनगरसहित मोरङका विभिन्न क्षेत्रमा जारी विकास निर्माणको काम लाई तीब्रता दिन विभिन्न निकायबीचको समन्वयात्मक भुमिका निर्वाह गर्ने समेत उनले बताए । रुकुम जिल्ला घर रहेका केसी यसअघि बांकेमा प्रमुख जिल्ला अधिकारी थिए ।