मोरङका नयाँ सिडिओको पत्रकार सम्मेलन

२१ साउन ७५, सोमबार
Share this
755shares

विराटनगर,साउन २१
जिल्ला प्रशासन कार्यालय मोरङमा भर्खरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पत्रकारसंग परिचयात्मक कार्यक्रम गरेका छन ।

Advertisement

बिहीबारबाट जिल्ला प्रशासन कार्यालय मोरङको कार्यभार सम्हालेका केसीले आज दिउसो पत्रकारसंग परिचयात्मक कार्यक्रम गरेका हुन । सो क्रममा बोल्दै उनले राज्यले जनताकालागि प्रवाहगर्ने सेवालाई सहज र गुणस्तरियरुपमा प्रवाह गर्ने बताए ।

उनले मोरङ जिल्लाको शान्ति सुरक्षा थप सुदृढ बनाउदै महिला हिंसा अन्य प्रकारका हिंसा न्युनिकरणको प्रयास गरिने समेत बताए । विराटनगरसहित मोरङका विभिन्न क्षेत्रमा जारी विकास निर्माणको काम लाई तीब्रता दिन विभिन्न निकायबीचको समन्वयात्मक भुमिका निर्वाह गर्ने समेत उनले बताए । रुकुम जिल्ला घर रहेका केसी यसअघि बांकेमा प्रमुख जिल्ला अधिकारी थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top