देउवाइतर पक्षले बोलायो छुट्टै बैठक

२५ कात्तिक ७८, शुक्रबार

२५ कात्तिक, काठमाडौं।

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन्।

बिहीबार सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुको बैठक बोलाएका थिए। त्यसलगत्तै पाैडेल पक्षले पनि छुट्टै बैठक डाकेको हो। बैठक शुक्रबार दिउँसो बसुन्धरास्थित दियालो फुडल्याण्डमा बस्ने छ।

Advertisement

बैठकमा आसन्न महाधिवेशन र आफूनिकटबाट सभापतिमा एकल उम्मेदवार उठाउनेबारे छलफल हुने एक नेताले बताए। उक्त बैठकमा काठमाडौंमा उपलब्ध हुने पौडेल पक्षीय सबै नेताहरु सहभागी हुने बताइएको छ।

कांग्रेसको १४औं महाधिवेशन मंसिर २४-२७ सम्म काठमाडौंमा हुँदैछ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top