अध्यक्ष ओली जनगणनामा सहभागी

२५ कात्तिक ७८, शुक्रबार

२५ कात्तिक, काठमाडौँ ।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजदेखि सुरु भएको १२औँ राष्ट्रिय जनगणनामा सहभागी भएका छन् ।

अध्यक्ष ओलीको निजी निवास बालकोटमा राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेसहित गणक टोलीले उनको पारिवारिक तथ्याङ्क सङ्कलन गरेको अध्यक्ष ओलीका प्रेस सल्लाकार रामशरण बजगाईँले जानकारी दिए ।

Advertisement

जनगणना कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रा शर्मा, प्रहरी प्रमुख लगायतको उपस्थिति थियो । आजबाट देशभर राष्ट्रिय जनगणना–२०७८ सुरु भएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top