×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

धरहरा पुनर्निर्माणको काम भौतिकतर्फ ७० प्रतिशत सम्पन्न

२७ कार्तिक २०७८

२७ कात्तिक, काठमाडौं ।

धरहरा पुनर्निर्माणको काम भौतिकतर्फ ७० प्रतिशत सम्पन्न भैसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका सिईओ सुशील ज्ञवालीले धरहरा पुनर्निर्माणको काम लगभग ७० प्रतिशत सम्पन्न भैसकेको बताउनुभएको छ । २०७८ साल वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरे पनि काम सक्न भने बाँकी नै थियो ।

Advertisement
Advertisement

उद्घाटनका बेलामा धरहरा पुनर्निर्माणको काम लगभग ५६ प्रतिशत सम्पन्न भैसकेको ज्ञवालीले बताउनुभयो । उद्घाटन गरेपश्चात कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि भने काममा केही कठिनाई भएको ज्ञवालीको भनाइ छ । ‘कोभिडको दोस्रो लहर सुरु हुने वित्तिकै काममा बाधा पुग्याे , कामदार नै कोरोना संंक्रमित भएर काम द्रुतगतिमा हुनै सकेन,’ उहाँले भन्नुभयो ।

कोरोना संक्रमण कमि भएसँगै चाडपर्व सुरु भएकाले पनि काममा केही बाधा पुगेको ज्ञवालीले बताउनुभयो । तर,पनि काममा प्रगति भने भैराखेको उहाँको दावी छ । ‘केही सञ्चार माध्यममा धरहरा पुनर्निर्माणको काम नै भएको छैन भन्ने आएको छ । तर, त्यसो होईन काम भने भएको छ,’ ज्ञवाली भन्नुहुन्छ ।

धरहरा पुनर्निर्माणको काम यही मंसिर महिनाभित्र सक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लक्ष्य राखेको थियो । अझै टावरमुनीको तीन तले पार्किङ् भवन, सङ्ग्रहालयको काम, प्रशासनिक भवन र खिचापोखरीबाट टुँडिखेल जोड्ने सडक बन्न बाँकी नै रहेको ज्ञवालीले बताउनुभयो ।

Advertisement
Advertisement

गाेरखापत्रबाट

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top