हेटौँडा कपडा उद्योगको जग्गामा १३ नयाँ उद्योग

२२ साउन २०७५, मंगलबार
Share this
773shares

हेटौँडा, साउन २२
हेटौँडा औद्योगिक क्षेत्रमा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् ।औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौँडा कपडा उद्योगको २० बिघा जमीनमा नयाँ उद्योग स्थापना गर्ने सरकारी योजना बमोजिम ती उद्योग सञ्चालनमा आएको हो ।

Advertisement

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले बोलपत्रद्वारा थप १५ उद्योग निर्माणका लागि सम्झौता गरेको थियो । पन्धवटै उद्योगका लागि संरचना तयार भएपनि सिइ हाइड्रो मेकानिकल बक्र्स प्रालि, थ्रि स्टार गुप प्रालि भने अझै सञ्चालन हुन सकेको छैन । सिइ हाइड्रो मेकानिकल बक्र्स प्रालि, न्यू मकवानपुर खाद्य उद्योग प्रालि, फार्मर एग्रो सेन्टर प्रालि, नेशनल स्ट्रक्सन इञ्जिनियरिङ प्रालिले उद्योग सञ्चालन गर्न २०७३ जेठ अघि नै सम्झौता गरेका थिए ।

भवन निर्माण भए पनि विद्युत् अभावका कारण उद्योग सञ्चालनमा आउने अवस्था नरहेको उद्योग संघका जिल्ला अध्यक्ष नवराज अर्यालले बताए । उक्त क्षेत्रमा हाल खपत भइरहेको विद्युत्मा थप १० केभीए विस्तार गरिएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्राविधिक कारणले केही महिना ढिला भए पनि उद्योग भने लक्ष्यअनुसार सञ्चालन भइसकेको छ ।

Advertisement

उक्त क्षेत्रमा १५ वटा नयाँ उद्योगमध्ये सञ्चालन हुन बाँकी दुई उद्योग पनि छिटो सञ्चालन हुने अध्यक्ष अर्यालले जानकारी दिए । सो क्षेत्रभित्र ९४ वटा उद्योग सञ्चालनमा छन् भने २९ उद्योग निर्माणाधीन अवस्थामा छन् । एक दर्जन धेरै पुराना उद्योग बन्द अवस्थामा छन् ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top