कतारसँग टी–२० सिरिज खेल्दै नेपाली महिला टोली, पहिलो खेल आज

३० कात्तिक ७८, मंगलबार
Share this
826shares

३० कार्तिक, काठमाडौं ।

Advertisement

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आज अन्तर्राष्ट्रिय खेल खेल्दैछ। आइसिसी वुमन्स टी–२० एसिया छनोटको तयारीस्वरूप नेपालले कतारसँग तीन खेलको अन्तर्राष्ट्रिय टि–२० सिरिज खेल्न लागेको हो।

सिरिजको पहिलो खेल मंगलबार दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक टि–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो।

Advertisement

नेपालले पछिल्लो पटक नेपाली महिला क्रिकेट टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत डिसेम्बर ७ मा बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय खेल खेलेको थियो।

सिरिजको दोस्रो खेल मंसिर १ र तेस्रो तथा अन्तिम खेल २ गत हुनेछ। कतार भ्रमणपछि नेपाली टोली टी–२० वुमन्स विश्वकप एसिया छनोटका लागि मंसिर ३ मा युएई प्रस्थान गर्नेछ।

Advertisement

टी–२० वुमन्स विश्वकप एसिया छनोटमा आयोजक युएइ सहित नेपाल, हङकङ, भुटान, कुवेत र मलेसियाको सहभागिता छ।
विश्वकप एसिया छनोट मंसिर ६ देखि १२ (९ नोभेम्बर २२ देखि २८ सम्म) हुनेछ । शीर्ष टोलीले अर्को वर्ष दक्षिण अफ्रिकमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ।

छनोटमा नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ भने दोस्रो खेलमा मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएइसँग खेल्नेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top