×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

एक खेल अगावै नेपालले जित्याे ऐतिहासिक सिरिज

१ मंसिर २०७८

१ मंसिर, काठमाडौं ।

नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लूटि२० आई सिरिज आफ्नो पोल्टामा पारेको छ । नेपालले बुधबार दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै एक खेल अगावै सिरिज २–० ले जितेको हाे । पहिलो पटक सिरिज खेलेको नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक नै डब्लूटि२० आई सिरिज जित्न सफल भएको हाे ।

Advertisement
Advertisement

वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा नेपालले प्रस्तुत गरेको १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको कतार १९.३ ओभरमा ६८ रनमा अल आउट भयो । कतारकी कप्तान आयशाले ३२ बलमा २ चौका सहित सर्वाधिक २४ रन बनाइन् । केरी पाउनसेटले १८ बलमा २ चौका सहित १५ रन जोडिन् । एक समय १७–४ को खराब सुरुवात गरेको कतारलाई पाँचौं विकेटका लागि आयशा र केरीले ३४ रनको साझेदारी गरेका थिए । पहिलो खेलमा नेपालसँग २७ रनमा अल आउट भएको कतारले दोस्रो खेलमा भने सुधारिएको ब्याटिङ गरेको थियो ।

दोस्रो ओभरको पहिलो बलमा कप्तान सरस्वती चौधरीले ओपनर हिराल अग्रवाललाई शून्यमा सवनम राईबाट क्याच गराएकी थिइन् । तीन बलपछि सबिजा पणायना शून्यमा क्याच आउट भएकी थिइन् । चौथो ओभरको तेस्रो बलमा सरस्वतीलेनै साची धडवाल ४ रनमा एलबीडब्लू गरिन् । कप्तान रुविनाले खाडिजा इम्तिजालाई ४ रनमा बोल्ड गरेकी थिइन् ।

१४ औं ओभरको पाँचौं बलमा कविता जोशीले कप्तान आयशालाई बोल्ड आउट गरेकी थिइन् । कविताको यो पहिलो अन्तर्राष्ट्रिय विकेट हो । एलिना खान ६ र एन्जेलिन मारेले ७ रन बनाए नेपालकी मध्यगतिकी बलर सरस्वती कुमारी चौधरीले ४ ओभरमा १ मेडन सहित ८ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । रुविनाले २.३ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । सबनम राई, संगिता राई र कविता जोशीले १–१ विकेट लिए ।

त्यसअघि  टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय २९ रन बनायो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले ४८ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ५० रनमा आउट भइन् । रुविना नेपालबाट महिला टि२० आईमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि पहिलो खेलमा इन्दु बर्माले ५५ रनको इनिङ खेल्दै पहिलो खेलाडीको कीर्तिमान राखेकी थिइन् ।

युवा अलराउन्डर कविता कुँवरले ३० बलमा २ छक्का सहित ३१ रनमा आउट भइन् । कतारकी एन्जेलिन मारेले तेस्रो ओभरको पाँचौं बलमा एलिना खानबाट ओपनर ज्योति पाण्डेलाई ६ रनमा क्याच आउट गराएकी थिइन् । मारेले नै पाँचौं ओभरको दोस्रो बलमा काजल श्रेष्ठलाई ३ रनमा बोल्ड आउट गरेकी थिइन् । तेस्रो विकेटका लागि कविता र रुविनाले ५६ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए ।

११ औं ओभरको चौथो बलमा सब्जिना पणायनाले कवितालाई क्याच गराउँदै साझेदारी तोडेकी थिइन् । एलिना खानले सरिता मगरलाई ४ रनमा आउट गरिन् । डली भट्ट शून्यमा रन आउट भएकी थिइन् । अप्सरी बेगम १७ बलमा १ चौका सहित २३ रनमा अविजित रहिन् ।

कतारकी एन्जेलिन मारेले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिइन् । एलिना खान, साची धडवाल र सबिजा पणायनाले १–१ विकेट लिए । पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले अन्तिम खेल बिहीबार खेल्नेछ ।

Advertisement

नेपालले आइसिसी वुमन्स टि२० एसिया छनोट अघि तयारीको लागि कतारसँग तीन टि२० आई सिरिज सिरिज खेलेको हो । सिरिज खेलेर शुक्रबार महिला टोली युएईतर्फ लाग्नेछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top